×

NMB BANK
NIC ASIA

५४ अंकले बढ्यो नेप्से, ८ अर्बभन्दा माथि कारोबार​

काठमाडाैं | माघ २, २०८०

NTC
Premier Steels

बैंकहरूले कर्जाको ब्याजदर घटाएसँगै शेयर बजारमा आज उच्च अङ्कको वृद्धि देखिएको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज तीन सय चार कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय छ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

 नेप्सेका सबै सूचक तथा उपसूचकहरु हरियो देखिएका छन् । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ३८, फ्लोट इन्डेक्स दुई दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ५९ प्रतिशतले बढेको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको उपसूचक चार दशमलव ७५ र लगानी समूहको उपसूचक तीन दशमलव ७० प्रतिशतले बढेका छन् ।

Vianet communication

पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । 

आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २८ करोड ३१ लाख ५५ हजार आठ सय दुई बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार एक सय ३४ कित्ता शेयर किनबेच भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x