×

NMB BANK
NIC ASIA

नेपाल विद्युत् प्राधिकरण गौशालाले ६ महिनामा ​गर्‍यो ५ करोड बढी राजस्व सङ्कलन​

महोत्तरी | माघ २०, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी)ले छ महिनामा रु पाँच करोड बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले रु पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व सङ्कलन गरेको हो । 

Muktinath Bank

उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनः लाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट रु २७ लाख ८४ हजार एक सय ७७ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनः जोडिँदा रु तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ राजस्व सङ्कलन भएको छ । 

Vianet communication

सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा रु एक करोड १४ लाख २५ हजार सात १५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् ।

पछिल्ला केही वर्ष यता विद्युत् चोरी (चुहावट)का घटना बढेपछि अभियानकै रुपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए । यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x