×

NMB BANK
NIC ASIA

एउटैमा तीन कम्युनिस्ट नेताका सालिक

तीन कलाकारको ४५ दिनको मेहनत: ढुंगाको एउटै 'फ्रेम'मा पुष्पलाल, मनमोहन र मदन

विराटनगर | माघ २०, २०८०

NTC
Premier Steels

मोरङमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ सिर्जना सामुदायिक वन । सोही सामुदायिक वनमा केही वर्षअघि विभिन्न देशका कलाकार ल्याएर सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरिएको थियो । जहाँ नेपालसहित भारत, बंगलादेश, जापान, जर्मनी र इटालीका मूर्तिकारले मूर्ति बनाएका थिए । ती कलाकारले बनाएका मूर्तिहरू अहिले पनि त्यहाँ छँदैछन् । जहाँ विभिन्न जनावरका मूर्ति बनाइएका थिए । ती मूर्तिहरू संरक्षण अभावमा अलपत्र बनिरहेका छन् । पहिले ती मूर्ति हेर्न पर्यटकको घुइँचोसमेत लाग्ने गरेको थियो । तर पछिल्लो समय अवस्था फेरिएको छ । ती मूर्ति झाडीमा छोपिएकाले त्यहाँ पर्यटक घुम्न आउनै छाडेका हुन् ।

Muktinath Bank

उल्लेखित प्रशंग ल्याउनुको कारण, त्यो कार्याशालामा बेलबारीका मूर्तिकारहरू गणेश लामा आँशु, शिव छान्छा राई र बालकुमार तामाङलाई भने सहभागी गराइएको थिएन । तर, तिनै तीन कलाकारले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेकपा (एमाले)का तत्कालीन अध्यक्षसमेत रहेका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र लोकप्रिय नेता मदन भण्डारीका सालिक निर्माण गरेर वाहवाही कमाएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले जिल्ला कमिटी, मोरङले यी मूर्ति बनाउन लगाएको हो । पार्टीको जिल्ला कार्यालयको प्राङ्गणमा राख्नलाई एमालेले पुष्पलाल, मनमोहन र मदनका नयाँ मूर्ति बनाइएको हो ।


Advertisment
Nabil box
Kumari

यसरी बने मूर्ति
मोरङकै लक्ष्मीमार्गमा ४५ दिनअघि तीनजना कलाकारले बडेमानको ढुंगामा आकृति कोर्न थाले । बेलबारीका गणेश लामा आँशु, शिव छान्छा राई र बालकुमार तामाङले आकृति कोरेका हुन् । मूर्ति कोर्दै गर्दा पर्यटकहरूमा खासै उत्साह थपिएन । कसैले पनि सकारात्मक सोधीखोजी गरेनन् । बरु उल्टै ‘कहाँबाट पैसा ल्याएर पचाउने काममा लागेको ?’ जस्ता आरोपसहितका प्रश्नको सामना गर्नुपरेको कलाकारहरूको गुनासो छ । 

Vianet communication

सिंगो ढुंगालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण रहेको मूर्तिकारहरूको अनुभव छ । तर मोरङका यी तीन मूर्तिकार पहिलो प्रयासमै सफल बनेका छन् । मार्बल ग्रेनाइटका मात्रै मूर्ति बनाएका यी कलाकारले ४५ दिन लामो प्रयासमा एउटै ढुंगामा तीनजना चर्चित नेताको मूर्ति कुँदेका हुन् । पहिले बेवास्ता भए पनि अहिले भने मूर्ति हेर्ने भीड लाग्ने गरेको छ । 

‘अहिले भने मूर्ति हेर्नेको भीड लाग्ने गरेको छ । गैरकम्युनिस्टले पनि उनीहरूको कलाको सम्मान गर्न थालेका छन्,’ मूर्तिकार गणेशले भने । गणेश, शिव र बालकुमारले ढुंगाको मूर्ति भने पहिलो पटक बनाएका हुन् । फाइबर र माटोबाट भने धेरै मूर्ति बनाइसकेको उनीहरूले बताए । ठूलो ढुंगा भएकाले धेरै समय लागेको उनीहरूको भनाइ छ ।  उनीहरूले बनाएको सालिकको हाइट भने ३५ इन्चको रहेको छ । मानिसको अनुहारको आठदेखि नौ इन्चसम्मको हुन्छ । लाम्चो अनुहार हुनेको साढे नौ इन्चको हुने गर्छ । तर उनीहरूले अनुहार नै १२ इन्चको बनाएका छन् । चुरेपहाडको फेदीमा पर्ने लेटाङको फडानीस्थित चिस्याङ खोलाबाट ढुंगा ल्याएर मूर्ति बनाइएको हो । मूर्ति बनाउँदा तीनवटा ग्रेडर मेसिन बिग्रिएको गणेशले बताए । ढुंगा कडा भएकाले ग्रेनाइट काट्ने चक्का बिग्रिएको उनको भनाइ छ । तीन नेताको मूर्ति बनाएको पारिश्रमिक साढे ४ लाख जति हुने उनीहरूले बताएका छन् । 

नेपालमै कलाकार भए पनि अपेक्षा गर्ने गरिएको उनीहरूले गुनासो गरेका छन् । ‘बाह्य देशका कलाकार खोज्ने चलन अहिले पनि छ, ’गणेशले भने ‘ नेपालमै पनि सीप भएका कलाकार छन् । तर तिनीहरूलाई उपेक्षा गर्ने गरिन्छ ।’

भारतलगायत अन्य देशबाट आउने सालिकहरू कमजोर हुने गरेको उनीहरूले बताए । बाह्य देशबाट आउने ग्रेनाइट अथवा ह्वाइट मार्बलको सालिक कमजोर हुने उनीहरूको भनाइ छ । ‘ह्वाइट मार्बललाई केमिकलमा राखेपछि कमलो हुन्छ,’  गणेशले भने ‘अनि काट्न सजिलो हुन्छ । फेरिपछि केमिकल मै राखेर साह्रो बनाएर पठाउने गरिन्छ ।’ केमिकल भएका कारणले सालिकहरू नटिक्ने गरेको उनीहरूले बताएका छन् ।  यहीको नेचुरल ढुङ्गा भएकाले मजाले टिक्ने उनले बताए । 

ढुङ्गामा आकृति बनाउन भने धेरै समय लाग्ने कलाकारहरू बताउँछन् । मूर्ति तथा सालिक बनाउँदा एनाटोनिलाई फ्लो गर्नु पर्ने भएकाले ढुङ्गामा धेरै मेहनत गर्नुपर्ने उनीहरू बताउँछन् । आँखा, गाला, मुख, कान लगायतका अनुहारको भागको फ्लो गर्नुपर्ने उनीहरूले बताएका छन् ।  

लार्जेस्ट साइजमा काम गर्दा अलमलमा पर्ने गरेको गणेशले बताए । कलाकारहरूले ९० प्रतिशत काम गर्न सक्दा ढुङ्गामा सय प्रतिशत नै सम्झने गर्छन् । माटो तथा मार्बलमा भने सय प्रतिशत नै बनाउने उनीहरू बताउँछन् । पूर्वका धेरै मूर्तिकारले पहिलो पटक प्रयासमै पास भएको भनेपछि थप हौसला मिलेको उनीहरू बताएका छन् । एउटै ढुङ्गामा कुदिएका तीन नेताका मूर्तिहरू विराटनगर ल्याउने तयारी भइरहेको एमालेले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x