×

NMB BANK
NIC ASIA

‘बेमौसमी’ कर्मचारी सरुवामा कोशी सरकार, निकटलाई ‘मालदार कार्यालय’

विराटनगर | माघ २३, २०८०

NTC
आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राई ।
Premier Steels

सरकार विस्तारमा ढिलाइ गरिरहेको कोशी प्रदेश सरकार बेमौसमी कर्मचारी सरुवामा भने अगाडि देखिएको छ । 

Muktinath Bank

आन्तरिक मामिला तथा कानूनमन्त्रालयअन्तर्गत रहेका यातायात कार्यालयहरूमा यतिबेला सरुवाको चलखेल भइरहेको छ । सामान्यतय आर्थिक वर्ष शुरू भएपछि दुई वर्ष पुगेका तल्लो तहका कर्मचारीलाई सरुवा गर्ने प्रचलन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, अहिलेका आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईको निर्देशनमा पुस तेस्रो सातायता माघ २२ गतेसम्म झण्डै १६ जना कर्मचारी सरुवा भएका छन् । मन्त्रालयले थप अरु पनि सरुवा गर्न खोजेको लोकान्तरसँग स्रोतले दाबी गर्यो ।  


Advertisment
Nabil box
Kumari

प्रदेशमा मालदार कार्यालयका रुपमा विराटनगर, इटहरी, बिर्तामोड लगायतका यातायात कार्यालयहरूलाई लिने गरिएको छ । प्रदेश संरचना बनेयता अपवादबाहेक यातायातबाटै यातायातमा सरुवा गर्ने प्रचलनलाई समेत तोडेर आफूनिकट र अनावश्यक चलखेल गर्न सक्नेहरूलाई सरुवा गरिएको स्रोतको दाबी छ । 

Vianet communication

निजामती कर्मचारी संगठनका कोशी प्रदेश अध्यक्ष काशी पराजुलीले मापदण्ड नबनाइ कर्मचारीको बेमौसमी सरुवा गर्नु राम्रो नभएको बताए । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सात–सात जना मुख्यमन्त्री कार्यालय र आफू कार्यरत मन्त्रालयले मात्रै आन्तरिक सरुवा गरेको जानकारी दिए ।

आठौँ तहका कर्मचारीसम्म कानून मन्त्रालयले नै सरुवा गर्ने भए पनि नवौँ तहमाथिका भने मुख्यमन्त्री कार्यालयले सरुवा गर्ने गरेको मन्त्रालयका सचिव लक्ष्मी पौडेलले बताए । उनले भने, ‘यो हाम्रो क्षेत्राधिकार भित्रको कुरा हो ।’ 

तर, कतिपय कर्मचारीले भने सरुवालाई सहजरुपले लिन नसक्ने बताएका छन् । केही कर्मचारीलाई काखी च्यापेर प्रदेशकै बढी आम्दानी हुने कार्यालयका रुपमा हेरिएको इटहरीमा सरुवा गरिएको आरोप कर्मचारीहरूको छ । 

‘ती कर्मचारीहरूमा पहिला पनि यातायातमा रमाइरहेका, दुई वर्ष एउटा यातायात कार्यालयमा बसिसकेका र अलिक कम आम्दानी हुने यातायात कार्यालयमा डेढ वर्षसम्म बसेकाहरू छन्,’ एक कर्मचारीले भने ।

नवौ तहदेखिका कर्मचारीलाई भने मन्त्रालयले सरुवा गर्ने गरेको छ । ‘मन्त्री र सचिवसँग नजिक भएका कर्मचारीले मात्रै राम्रो ठाउँमा जाने प्रचलन केन्द्रमा पनि थियो,’ ती कर्मचारीले भने संघीयता आएपछि तल्लो तहका कर्मचारीलाई पनि समान अधिकार भने पनि अवस्था उस्तै छ ।’ 

गत असोजमा नेपाली कांग्रेसबाट विद्रोह गरेर नेकपा (एमाले)को सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । तर उनी नेतृत्वको सरकार बेमौसमी कर्मचारी सरुवामा भने अगाडि देखिएको छ ।

सरुवा गर्ने कानूनमन्त्री राई मुख्यमन्त्रीकै दल कांग्रेसबाट मन्त्री बनेका हुन् ।  

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x