×

NMB BANK
NIC ASIA

एनएमबी बैंकमा सजिलो क्यूआर ऋणदेखि शैक्षिक ऋणसम्म, बिनाधितो पनि पाइन्छ

काठमाडाैं | माघ २६, २०८०

NTC
Premier Steels

आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो एनएमबी बैंकले १२ प्रकारका ऋण सुविधा दिएको छ ।

Muktinath Bank

एक क्लिकमा पाइने बिनाधितो क्यूआर ऋणदेखि एनएमबीले खेती ऋणसमेतको सुविधा ग्राहकलाई दिइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिनाधितो क्यूआर कर्जा छिटो, पेपरलेस र झन्झटमुक्त कर्जा हो । एनएमबी बैंकको क्यूआर स्क्यान गरेपछि आफू कर्जा पाउन योग्य छु कि छैन भनेर हेर्न मिल्छ ।


Advertisment
Nabil box
Kumari

यो कर्जा कुनै व्यापारिक फर्म संचालन गरिरहेकाहरूले लिन सक्छन् । यसका लागि एक वर्षसम्म एनएमबी बैंकको क्यूआरमार्फत कारोबार भएको हुनुपर्छ ।

Vianet communication

त्यस्तै एनएमबीले सुलभ घर कर्जा पनि अफर गरिरहेको छ । यो निश्चित अवधिका लागि निश्चित दरमा दिइने कर्जा हो । बैंकले ग्राहकले तिर्न सक्ने ब्याजमा सुलभ घर कर्जा दिने दाबी गरेको छ ।

यो कर्जा घर किन्न, नयाँ घर बनाउन, बनिसकेको घरमा कोठा या अन्य संरचना थप्न अनि मर्मत सम्भार गर्नका लागि दिइन्छ ।

यसका लागि ऋण लिने व्यक्ति २५ देखि ६५ वर्षसम्मको हुनुपर्छ । ऋणी तलबमानमा कहीं काम गरिरहेको, रेमिट्यान्स प्राप्त गरिरहेको, स्वरोजगार र व्यापार व्यवसाय गरिरहेको हुनुपर्छ ।

यो धितोमा मात्र पाइने कर्जा हो । त्यसका लागि धितो ऋणी, उसको श्रीमान् श्रीमती, या बाबुआमा अथवा छोराछोरीको नाममा हुनुपर्ने शर्त राखिएको छ ।

एनएमबीले विद्युतीय गाडी कर्जा पनि सुपथ ब्याजदरमा उपलब्ध गराइरहेको छ ।

एनएमबी गाडी कर्जा अन्तर्गत प्रवाह गरिने विद्युतीय गाडी कर्जा विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहक वर्गका लागि लक्षित कर्जा सुविधा रहेको बैंकको भनाइ छ ।

यो ऋण व्यक्तिगत या संस्थागत दुवैले लिन पाउने प्रावधान छ । व्यक्तिको उमेर न्युनतम २० वर्षदेखि अधिकतम ६५ वर्ष सम्म हुनुपर्ने बैंकले जनाएको छ । यसका लागि व्यक्ति र संस्थान दुवैको हकमा आम्दानीको विवरण झल्किने दस्तावेज र पहिचानको दस्तावेज जरुरी पर्छ ।

साथै अधिकृत विक्रेताले जारी गरेको गाडीको कोटेशन पनि दस्तावेजका रूपमा पेश गर्नुपर्ने हुन्छ ।

यस किसिमको कर्जामा बैंकले ५ लाख देखि ५० लाख सम्मको कर्जा प्रवाह गर्न सक्ने जनाएको छ भने ७ वर्षसम्मका लागि खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न मिल्ने बैंकको दाबी छ ।

त्यस्तै बैंकले बिनाधितो खेती कर्जा पनि उपलब्ध गराउँदै आएको छ । एग्रीटेक प्लेटफर्ममा जोडिएका ग्राहकहरूलाई बैंकले छिटो छरितो, पेपरलेस र डिजिटल ऋण उपलब्ध गराइरहेको छ ।

यसका लागि एग्रीटेक कम्पनीले सिफारिस गरेको क्रियाशील कृषक हुनुपर्ने शर्त राखेको छ भने ऋणीको एनएमबी बैंकमा केवाईसी भेरिफाइ भएको एकाउन्ट हुनुपर्ने छ ।

यसमा योग्य कृषकले चौबिसै घण्टा जतिबेला पनि ऋण लिन सक्छन् । यो ऋण ३ महिनादेखि २४ महिना अवधिमा तिरिसक्नुपर्छ । यो ऋण १० हजारदेखि २ लाख रुपैयाँसम्म लिन मिल्छ ।

बैंकले आफूलाई मन पर्ने घर रोज्नु अगाडि घर कर्जाको सीमा तोक्न मिल्ने लचिलो व्यवस्थासँगै एनएमबी प्रि-अप्रुभ्ड घर कर्जा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

यसले ग्राहकहरुलाई घर-जग्गा खरिद गर्दा थप विश्वासका साथ मोलतोल गर्न मिल्ने सुविधा प्राप्त हुन्छ । यसरी कर्जाको सीमाको तोक्दा गर्दा बैंकले ग्राहकले प्रदान गरेको आफ्नो आम्दानीको विवरणअनुसार मूल्यांकन गरेको हुन्छ ।

यो ऋण प्राप्त गर्न तलबी कर्मचारी, रेमिट्यान्सबाट आम्दानी गर्ने व्यक्ति, स्वरोजगारमा आबद्ध व्याक्ति र ब्यापारी योग्य हुने बैंकले जनाएको छ ।

यसका लागि आवेदनसहित पहिचानका लागि चाहिने दस्तावेज, आवेदक, प्रायोजक र ग्यारेन्टरको नागरिकताको प्रतिलिपि र फोटो, स्थायी लेखा नम्बरको प्रतिलिपि, घर पुग्ने गरी बनाइएको नक्शा, कूल सम्पत्ति झल्किने विवरण, विभिन्न बैंकिङ कागजात, ऋण खाता, आम्दानीसम्बन्धी दस्तावेज, संस्थाबाट प्राप्त हुने तलबको विवरण, बैंक खाताको विवरण, स्वरोजगार भएका व्यवसायीका हकमा व्यवसाय दर्ताको प्रमाणपत्र, आम्दानी स्रोतको विवरण आदि आवश्यक पर्छ ।

यस कर्जाअन्तर्गत बैंकले धितो राखिएको सम्पत्तिको उचित बजार मूल्यअनुसार ७०% सम्म कर्जा दिन्छ । भने कर्जाको अवधि अधिकतम १० वर्ष रहने बैंकले जानकारी दिएको छ ।

त्यस्तै बैंकले ग्राहकलाई जग्गा खरिद कर्जाको पनि सुविधा दिएको छ । यो ऋण जग्गा खरिद गर्न चाहनेहरूलाई लक्षित गरिएको बैंकको भनाइ छ ।

यसका लागि २५ देखि ६५ वर्षसम्मको नेपाली नागरिक हुनुपर्छ भने तलबमानमा काम गरेको, आफ्नै व्यवसाय भएको र रेमिट्यान्समार्फत आम्दानी गरिरहेको व्यक्ति यो ऋण लिन योग्य हुन्छ ।

यसका लागि आवश्यक पर्ने कागजात बैंकले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । बैंकले प्रतिस्पर्धी ब्याजदरमा जग्गा खरिद कर्जा उपलब्ध गराउने बताएको छ भने कर्जा सकेसम्म छिटो उपलब्ध गराउने वाचासमेत गरेको छ ।

यससँगै बैंकले सम्पत्तिविरुद्धको कर्जा पनि आफ्ना ग्राहकहरूलाई दिँदै आएको छ । साथसाथै शैक्षिक कर्जा, घर कर्जा र मुद्दती खाताविरुद्धको कर्जा पनि बैंकले सुलभ दरमा उपलब्ध गराइरहेको दाबी गरेको छ ।

कहाँ जाने,कसरी लिने?

कर्जाका लागि एनएमबि बैंकको जुनसुकै ब्रान्चमा जान सकिन्छ । ब्रान्च अफिसको कर्जा शाखामा पुगेपछि सम्पूर्ण प्रक्रियाबारे त्यहीँबाट जानकारी हुने एनएमबि बैंकले जनाएको छ ।

एनएमबि सन् २०२१ मा बैंक अफ दी इयर एसिया तथा सन् २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ दी इयर, नेपाल समेत भएको बैंक हो ।

यस बैंक नियमित वित्तीय करोबारका अलावा आर्थिक र सामाजिक उत्तरदायित्वका अन्य कार्य समेत गर्दै निरन्तर प्रगतिको पथमा अघि बढिरहेको छ ।

बेलायतको फाइनान्सियल टाइम्सअन्तर्गत दी बैंकर म्यागेजिनले छनोट तथा अवार्ड गर्दै आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो बैंक समेत एनएमबी हो । बैंकले देशभरिमा २०१ शाखा, १६७ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट बैंकका रूपमा सेवा पाउन सकिने यस बैंकले ग्राहक तथा समाजकै लागि पनि प्रभावकारी सेवा तथा योगदान दिएको छ । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहेको थियो ।

तर पछिल्लो समय चुक्ता पुँजीको आधारमा देशकै उत्कृष्ट वाणिज्य बैंकको रेकर्ड पनि यस बैंकले बनाइसकेको छ । पछिल्लो समय व्यवसायको दर र नाफा मात्र नभई सेयर कारोबारमा पनि उच्च स्थान बनाएको छ ।

२०६५ सालमा स्थापना भएको एनएमबी बैंकमा क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायत मर्ज भएपछि प्रगति अझै बढ्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x