×

NMB BANK
NIC ASIA

काठमाडौंका फुटपाथ सजिलो बनाउन महानगरको पहल

काठमाडाैं | माघ २८, २०८०

NTC
Premier Steels

 महानगरले फुटपाथमा व्यापार गर्न रोक लगाए पनि काठमाडौंको मुख्य सहरी क्षेत्रका सडक किनारा पैदलयात्राका लागि सहज छैनन् । महानगरपालिकाको आफ्नै अनुगमनले पनि यस्तो पाएको छ । 

Muktinath Bank

सहरमा पैदल मार्गको चौडाइ कम नै छ, भएका मार्गमा पनि बीचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा दुष्प्रभाव पारेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘परम्परागत रुपमा हुने गरेका पूर्वाधार निर्माणमा रुपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन सक्दैन,’ उनी भन्छिन्, ‘यसका लागि तत्काल कन्ट्रोल रुम (निगरानी कक्ष) सञ्चालन हुनेछ ।’ कामपा–४ बालुवाटार क्षेत्रमा निर्माण भइरहेको पैदल मार्ग सुधारको अनुगमनका क्रममा शनिबार उनले यस्तो बताएकी हुन् । 
विकास समन्वयका लागि गत बुधबार महानगरले साझेदार कार्यालयका प्रमुख र प्रतिनिधिबीच बैठक पनि गरेको थियो । उक्त बैठकमा गरिएका निर्णयका बारेमा उनले भनिन् ‘सहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारीहरु भएको कन्ट्रोल रुम हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’
अहिले कन्ट्रोल रुम कार्यान्वयनमा आइनसकेकाले बालुवाटार क्षेत्रका पैदल मार्गमा दृष्टिविहीन हिँड्दा सोझै ठोकिने बिजुलीका पोल छन् । अल्झिने गरी राखिएका खानेपानीका पाइपको संख्या र स्थान यकिन गरी पोललाई स्थानान्तरण गर्न र पाइपलाई तत्काल व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई पत्र पठाउन भनिएको उपप्रमुख डंगोलले बताइन् । पैदल मार्गलाई अपाङ्गता भएका व्यक्तिले सजिलै उपयोग गर्न सक्ने बनाउन अझै काम गर्नुपर्ने उनको भनाइ छ । 
पोल हटाउन यसअघि वडाबाट गरिएको पत्राचारलाई प्राधिकरणले वास्ता नगरेको कामपा–४ का वडाध्यक्ष दीनेश महर्जनले बताए । 


Advertisment
Nabil box
Kumari

अनुगमनका क्रममा बालुवाटार चोकदेखि सुवर्ण शम्शेर मार्ग (बालुवाटारदेखि गैरीधारातर्फ) र थिरबम सडक (शितल निवास–बालुवाटार–नक्साल सडक) को पैदलमार्गको अवस्था हेरिएको थियो । ६ करोड २२ लाख रुपैयाँ लागत रहेको योजनामा सडकको दुवैतर्फ गरी ५.७ किलोमिटर पैदल मार्ग निर्माण हुँदैछ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x