०६ साउन २०८३, बुधबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

नेदरल्यान्ड्सविरुद्ध नेपालः बलिङ र ब्याटिङ दुवैमा अब्बल

फागुन ५, २०८०
काठमाडौं
नेदरल्यान्ड्सविरुद्ध नेपालः बलिङ र ब्याटिङ दुवैमा अब्बल
बलिङ र ब्याटिङ दुवैमा उच्च प्रदर्शन गरेका कुशल भुर्तेल ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध जीत निकाल्दा नेपाल बलिङ र ब्याटिङ दुवैमा अब्बल देखिएको छ । भारतमा गत अक्टोबर र नाेभेम्बरमा भएको विश्वकप खेलेको नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सानदार जीत निकाल्दा नेपाली खेलाडीले बलिङ र ब्याटिङ दुवैमा अब्बल प्रदर्शन गरेका हुन् ।

नेदरल्यान्ड्सले दिएको १३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर १४१ बनाउँदै सजिलै पूरा गर्‍यो । 

null

नेपालका लागि अनिल साह र आसिफ शेखले नटआउट अर्धशतक प्रहार गरे ।

ओपनर कुशल भुर्तेलले १० बलमै २८ रन बनाएर सनसनी मच्चाए । ११ औँ बल खेल्दा उनी आउट हुन पुगे । 

यस्तै अनिलले ३६ बलमा सर्वाधिक ५७ रन बनाए । अनिलले ६ चौका र ४ छक्का प्रहार गरेर खेल सिध्याए ।

null

यस्तै आसिफले ४५ बलमा ५२ रन जोडे । उनले ८ चौका र १ छक्का प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार बिहान नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रन बनाउँदा अलआउट भएको थियो ।

null 

यस्तै कुशलले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्ड्सलाई शुरूआतदेखि नै दबाबमा राखेको थियो । नेपाली बलरसामु नेदरल्यान्ड्सका ब्याटर खुलेर खेल्न सकेनन् ।

null

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, बास डे लीडेले २७ रन बनाए । सिब्रान्ड इंगेलब्रेच्टले २३ रन बनाए । अन्य ब्याटरले व्यक्तिगत १५ रन पनि कटाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गर्दा उनले २.८५ को इकोनमी राखे । पार्टटाइम बलरको रुपमा रहेका कुशलको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । ब्याटिङ पनि फिस्फोटक गरेका उनी खेलका पनि उत्कृष्ट खेलाडी चुनिए ।

null

यस्तै ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले १-१ विकेट लिए  । नेदरल्यान्ड्सका २ जना खेलाडी रनआउट भए ।

लिग–२ को पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा बलियो टोली नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । नेदरल्यान्ड्स त्यही टोली हो जसले गत विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशजस्ता टोलीलाई हराएको थियो ।

यस जीतसँगै नेपालले लिग– २ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यसअघि अंक तालिकाको पुछारमा रहेको नेपाल दोस्रो स्थानमा उक्लिएको हो । पहिलो स्थानमा यसअघि नेपाललाई हराएको नामिबिया छ ।

नेपालले शनिवार प्लेइङ ११ मा परिवर्तन गरेको थियो । यसक्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको थियो । पछिल्लो खेलबाटै करण केसी र पवन सर्राफ भने बाहिर छन् ।

null

यस्तो थियो नेपालको प्लेइङ ११:

कप्तान रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी ।

बेन्चमाः

आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र करण केसी ।

अब घरेलु टोली नेपालले यही फागुन ७ गते नामिबियासँग र १३ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्