फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
कास्की | फागुन ६, २०८०
मधेशमा जन्मिए । सप्तरीको गाउँमा हुर्किए । गाउँमा प्राथमिक विद्यालय मात्रै थियो । कापीको पछाडि (गातामा) रकेटको फोटो देखेर इन्जिनीयर बन्ने सपना देखेका रहेछन्, डा. सिके राउतले ।
पृथकतावादी आन्दोलन त्यागेर मूलधारको राजनीतिमा आएका राउत जनमत पार्टीका अध्यक्ष हुन् । उनको पार्टी अहिले संघीय सरकारमा समेत सहभागी छ ।
मधेश पृष्ठभूमिका डा. राउतले पोखरामा जारी ११ औं लिटरेचर फेस्टिबलको ‘मधेश मन्थन’ सेसनमा सहभागी भएर मनका कुरा बाँडे । अनुभूतिहरू सुनाए ।
गरिब परिवारको पृष्ठभूमि रहे पनि बाबा शिक्षक रहेछन् । बुवा नै शिक्षक भएपछि पढाइको महत्त्व थाहा हुने नै भयो । १० कक्षासम्म गाउँमै पढे । त्यसपछि इन्जिनीयर बन्न भनेर काठमाडौं पुगे ।
काठमाडौं यात्रा तय गरेपछि रहेछ उनले पहिलोपटक विभेद भोगेको । आफ्नै देशको नागरिक हुनुको अस्तित्व नभेटेको । बसमा चढेपछि ‘सामान फाल्दिन्छु भैया’ भन्ने शब्दले उनलाई निकै घोचेको रहेछ । त्यसैले होला, त्यो घटना आज पनि उनको मानसपटलमा ताजै छ ।
खल्तीमा हजार रुपैयाँ बोकेर इन्जिनीयर बन्न हिँडेको ठिटोलाई त्यसअघि थाहा थिएन, पहाड कस्तो छ ? पहाडिया परिवेश र समाज कस्तो छ ? नेपाली बोल्न खासै आउँदैनथ्यो, लेख्नचाहिँ जानेका थिए । नेपाली बोले पनि मधेशी लवज आइहाल्थ्यो । आफ्नो पहिचानका कारण कक्षामा ‘ह्यारेस’ भएको राउत सुनाउँछन् ।
‘काठमाडौं आए पनि नेपाली बोल्न आउँदैनथ्यो । कक्षामा बसेको थिएँ । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि, ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गलल्ल हाँस्थे । ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो,’ राउतले सुनाए ।
त्यसको असर उनको पढाइमा पर्यो । पहिलो वर्ष राम्रो नतिजा आएन । पढ्न पठाएको छोराले नतिजा राम्रो नल्याउँदा बाले सम्झाए । ‘त्यसपछि हेपे पनि हेपून्, इग्नोर गर्छु,’ भनेर पढाइमा लागे । मेहनतको फल देखियो । अब्बल विद्यार्थी बनेर निस्किए । पहिले हेप्नेहरू नै उनको पछाडि लाग्न थाले ।
अझै ठूलो विभेद त त्यसपछि भोगेको उनी सुनाउँछन् । ऋतिक रोशन प्रकरणले आफूलाई प्रश्न गर्न बाध्य बनाएको राउतले सुनाए ।
‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छ त ? आखिर म को हुँ ? भारतको कोही कलाकारले केही बोल्यो भन्दैमा ममाथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ?,’ त्यतिबेला आफैंसँग प्रश्न गरेको उनले सम्झिए ।
वि.सं. ०५० को दशकमा भारतीय नायक ऋतिक रोशनले नेपालको बारेमा अपमानजनक कुरा बोलेको भन्ने अफवाहका कारण सानोतिनो दंगा नै फैलिँदा भारतीय र मधेश पृष्ठभूमिका नेपाली नागरिक नै निशानामा परेका थिए ।
राउतले त्यही समय जापानमा छात्रवृत्तिको अवसर पाए । प्लेन चढ्दै गर्दा उनले सोचेका थिए, नेपालमा जस्तो विभेद त्यता भोग्नु पर्दैन । तर, जापानमा पनि आफूलाई नेपालीजस्तो व्यवहार नगरिएको उनी सुनाउँछन् । नेपाली समुदायको कार्यक्रममा आफूलाई बाइपास गर्ने गरेको उनको गुनासो छ ।
पछि शिक्षा र जागिरको सिलसिलामा अमेरिका पुगेका उनको भेट मधेशका एक नेतासँग भयो । ती नेताले उनलाई मधेशको पहिचान फेरिएको तर्क दिए । ती नेताको तर्कअनुसार वास्तविकता हेर्न राउत नेपाल फर्किए । मेची–महाकाली यात्रा शुरू गरे । यात्राका क्रममा कञ्चनपुरको थारू बस्तीले उनको जीवनको बाटो मोडिदियो । बस्तीका बुज्रुक खुट्टा समातेर रुन थाले । उनले समाजप्रति उत्तरदायित्व बोध गरे ।
‘न म सरकारी कर्मचारी हुँ, न सीडीओ, न त प्रहरी नै हुँ । उहाँहरू खु्ट्टा समातेर रुन थालेपछि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध भयो । अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरूले नै बनाइदेलान्, यहाँको म आफैंले गर्नुपर्छ भन्ने बोध भयो,’ उनले भने ।
आफ्नै गाउँलेलाई खेतमा बोरिङको व्यवस्था गरिदिन नसकेपछि उनको मनमा थप उथुलपुथल भएको रहेछ । त्यसपछि राउत नेपाल फर्किए । त्यतिबेलैबाट हो उनले ‘मधेश स्वराज’का नाममा पृथकतावादी आन्दोलन थालेको । मधेशलाई अलग्गै देश बनाउने उनको आन्दोलन संविधान र राष्ट्रिय अखण्डताविपरीत थियो ।
त्यति बेलाको आन्दोलन सही थिएन भन्ने मूल्यांकन गरेर मूलधारको राजनीतिमा आएका राउत आफूमाथि राज्यले निकै धरपक्कड गरेको बताउँछन् ।
‘फोटोकपी पेपरमा फ्री डा. सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालतमा तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्यो भने पनि उसलाई जन्मकैद ठोकिदिन्थे,’ राउतले सम्झिए ।
अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा यो मान्छेले मिसाइल नै बोकेर आएको छ कि भन्ने खालको प्रश्न धेरैको मनमा उब्जिएको उनले सुनाए ।
‘यो मान्छे किन नेपाल आयो ? अरू मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला, मिसाइल बोकेर आएको छ कि ? भनेर प्रश्न उठ्थ्यो,’ राउतले भने ।
सरकार बाहिरबाट भन्दा भित्र रहेर काम गर्ने योजनाअनुसार चुनावी राजनीतिमा आएको उनी बताउँछन् । उनको दल जनमत पार्टी अहिले संघीय सरकारमा सहभागी छ ।
‘धेरै परिवर्तन गर्न सकिन्छ भनेर मूलधारको राजनीतिमा आएका हौं । योभन्दा अगाडि संसद्मा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो,’ अहिले त्यसअनुसार काम गर्न नसकिएको आशय व्यक्त गर्दै उनले भने ।
अहिलेको परिवेशमा पनि मधेश कर्णाली प्रदेशभन्दा पछाडि रहेको राउतको मूल्यांकन छ ।
‘हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं । थियो, कुनै बेला । पक्कै पनि कर्णाली र सुदूरपश्चिम पनि विकसित हुनुपर्छ, तर आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ,’ उनले जिकिर गरे ।
जाजरकोट भूकम्पपछि कर्णालीको अवस्था बुझ्न भन्दै सीके जाजरकोट समेत पुगेका थिए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...