×

NIC ASIA

भोजपुरका तीन स्थानमा एकैसाथ कुलो निर्माण

काठमाडाैं | फागुन १२, २०८०

Prabhu Bank
NTC
Premier Steels

टक्सार–साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण शुरू भएको छ । भोजपुर नगरपालिका–८ एकैपटक तीनवटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो । 

Muktinath Bank

सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा सहजता देखिएको स्यालेखण्ड सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष भगिरथ कठेतले बताए । उनका अनुसार बन्दै गरेको कुलोले करिब तीन सय बढी रोपनी खेतीमा सहजता हुनेछ ।
 
केन्द्र, प्रदेश र नगरपालिकाको २० प्रतिशतका दरले र स्वीस सरकारको ३० प्रतिशत अनुदान र स्थानीय कृषकको १० प्रतिशत लगानीमा तीनवटा कुलो निर्माण भइरहेका छन् । वडाभित्र हाल साना सिँचाइ आयोजनामार्फत ढुङ्ग्रेबास, स्यालेखण्ड र भैसरा सिँचाइ कुलो निर्माणको चरणमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनवटै कुलोका काम अहिले तीव्ररुपमा अगाडि बढिरहेको वडाध्यक्ष नवीन प्रधानले बताए । उनका अनुसार निर्माणाधीन तीन वटै कुलो बनेपछि करिब एक हजार बढी रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच पुग्नेछ । 


Advertisment
Nabil box
Kumari

जनप्रतिनिधिसहित वडाका सरोकारवालाको सहभागितामा निर्माणको अनुगमन तथा निरीक्षण पनि निरन्तर भइरहेको छ । बनिरहेका कुलोमा उपभोक्ता आफैँ खटेकाले गुणस्तरीय काम भइरहेको अनुगमन समितिका सदस्य लक्ष्मण भुजेलले बताए । 

Vianet communication

कृषकका लागि आएको उक्त आयोजनामा उनीहरू आफैँ उत्साह र मेहनतका साथ प्रत्यक्ष सहभागिता जनाउनु प्रशंसनीय काम भएको समितिका सदस्य कुमार खड्काले बताए । कुलो निर्माण भएपछि धान खेतीका साथै अन्य बाली लगाउन पनि कृषकलाई सहजता हुने स्थानीय खम्बबहादुर बानियाँले बताए । 

दीर्घकालीनरुपमा कुलो प्रयोगमा आउने गरी निर्माणमा आफैँ लागिपरेकाले निर्माण गुणस्तरीय बनाइने ढुङ्ग्रेबास सिँचाइ कुलोका अध्यक्ष शम्भु खड्काले बताए । उनले भने, ‘निर्माण गुणस्तरीय बनाउनका लागि आफैँ कृषक संलग्न भएर काम गरिरहेका छौँ । वर्षौँपछि कुलो बन्न लागेको छ यो हाम्रो लागि गौरवको विषय हो ।’ –रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x