×

NMB BANK
NIC ASIA

९४ करोडको उद्यान निर्माण अलपत्र, साढे २ करोडको वाल चर्कियो, जाली च्यातिन थाल्यो

धनगढी | फागुन १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको लम्कीमा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र अवस्थामा छ । 

Muktinath Bank

९४ करोड लागतमा २०७५ सालबाट निर्माण शुरू गरिएको उक्त उद्यानमा हालसम्म २ करोड ५२ लाख रकम खर्च गरिए पनि उपलब्धि शून्यजस्तै देखिन्छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर गौरवको योजनामा समावेश गरी वृहत् नगर उद्यान बनाउने भन्दै निर्माण शुरू गरिएको पार्कमा करोडौं रकम खर्च हुँदा पनि लाल सामुदायिक वन वरिपरि ६ किलोमिटर घेर्नुबाहेक अरू कुनै काम भएको छैन ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

‘पार्क बनाउने भनिएको ठाउँमा २ करोड ५२ लाख खर्च गरी निर्माण गरिएको वाल चर्किसक्यो, तारजाली र फलामे डन्डीमा पनि खिया लागेको छ,’ स्थानीय प्रकाश थापाले भने ।

लम्कीचुहा नगरपालिकाले टेन्डर आह्वान गरी वाल निर्माण र जाली लगाउने काम गरे पनि त्यसपछि भने अन्य काम अघि बढाएको छैन । 

‘नगरपालिकाले टेन्डर गरेर काम अघि बढाएको थियो, अहिले के कारणले काम रोकियो त्यसको जिम्मेवारी सबै नगरपालिकाले लिएर यथाशीघ्र काम शुरू हुनुपर्छ । हामीले पनि यो विषयमा पूर्वमेयर महादेव बजगाईँ र वर्तमान मेयर सुशीला शाहीसँग पटक–पटक छलफल गरेका छौं, गर्छाैं भन्नुहुन्छ, गर्नुहुन्न,’ सामुदायिक वनका अध्यक्ष बखतबहादुर विष्टले भने ।

null

नगरपालिकाको उदासीनताका कारण नगर उद्यान आयोजना अलपत्र परेको स्थानीयहरूको आरोप छ । ‘निर्माण समितिको सचिव बनेर काम अघि बढाएको थिएँ । जति राम्रो काम गर्दा पनि नगरपालिकाबाट प्रोत्साहन नपाएपछि मैले सचिव पदबाट राजीनामा दिएँ,’ देवानन्द जैशीले भने । 

जैशीले थपे, ‘पार्क बनेमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्छ । हाम्रो लम्की क्षेत्रको प्रचारप्रसार हुन्छ । त्यहीँबाट नागरिकहरूलाई रोजगारी पनि सिर्जना हुन्छ । नगरपालिकाको राजस्व पनि बढ्छ । नगरपालिकाले प्राथमिकतामा राखेर यथाशीघ्र पार्क निर्माण गर्नुपर्छ ।’

null

पूर्व नगरप्रमुख महादेव बजगाईंको टीमले रूख काट्ने अनुमति नलिई काम अघि बढाएकाले अहिले समस्या देखिएको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताइन् । 

‘पार्क निर्माण कार्य अघि बढेको क्षेत्र सामुदायिक वन हो । त्यहाँ रूखहरू छन् । काम अघि बढाउनका लागि रूख काट्नुपर्छ, तर वनले रूख कटानको अनुमति दिएको छैन । हामी वनका पदाधिकारीसँग निरन्तर छलफलमा छौं । छिट्टै टुंगोमा पुग्छौं, त्यसपछि निर्माण कार्य अगाडि बढ्छ,’ मेयर शाहीले भनिन् ।

null

९४ करोड लागत रहेको मोहनलाल नगर उद्यान निर्माणका लागि ७० प्रतिशत केन्द्र सरकार र ३० प्रतिशत लम्कीचुहा नगरपालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको छ । 

प्रकृतिलाई असर नपर्ने गरी पार्क निर्माण गर्ने भनिएकोमा करिब ५५ रूख काट्नैपर्ने देखिएको छ । तर, रूख काट्ने अनुमति वन कार्यालयले दिएको छैन ।

‘हामीले नियमितरूपमा काम गर्न सक्ने अवस्था रहेन, यसमा वन बाधक देखियो । नरोकिएको भए हालसम्म ६० प्रतिशत काम सम्पन्न हुने थियो । अहिले हामी निर्माण कार्य शुरू गर्नका लागि आन्तरिक तयारीमा छौं,’ निमित्त प्रशासकीय प्रमुख माधव जैशीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x