×

NMB BANK
NIC ASIA

सत्ता अदलबदलको पृष्ठभूमि

सत्ता फेरबदलको टाइमलाइन : मध्यरातमा यसरी सम्भव भयो प्रचण्ड–ओली सहमति

काठमाडाैं | फागुन २१, २०८०

NTC
Premier Steels

पुस १०, २०७९ मा बनेको गठबन्धन ब्यूँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आउन लागेको समाचार लोकान्तर डट्कमले फागुन १७ गते बिहीवार नै ‘ब्रेक’ गरेको थियो । 

Muktinath Bank

नेपाली कांग्रेससँग गठबन्धन चलाउन ‘कम्फरटेबल’ फील नगरेका प्रचण्डले माघ २९ गते नै गठबन्धनबारे पुनर्विचारको अवस्था आउने संकेत गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले कांग्रेसबाट धोका भएको भन्दै गठबन्धनमै पुनर्विचार गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए । फागुन ७ गते शुरू भएको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेश गरेको संगठनात्मक प्रतिवेदनमा भविष्यमा चुनावी तालमेल नगर्ने प्रस्तावले माओवादीलाई झन् झस्कायो ।


Advertisment
Nabil box
Kumari

सरकारमा सहभागी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले समेत माओवादी जनयुद्धलाई हिंसात्मक घटना भनेर प्रतिवेदनमा उल्लेख गरेपछि प्रचण्ड कांग्रेससँग फायर भएका थिए । यही कारण गठबन्धनमा अप्ठ्यारो पर्न सक्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको प्रतिवेदनलाई ‘सफट्’ बनाउन लगाए । 

Vianet communication

बाहिरबाट हेर्दा गगन र पूर्णबहादुरको प्रतिवेदन भएपनि गठबन्धन भत्किने अवस्थामा पुर्‍याउने पात्र चाहिँ डा. प्रकाशशरण महत हुन् । महतको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट मात्र थिएनन्, उनलाई हटाउन पटक–पटक शेरबहादुर देउवालाई दबाब दिएका थिए । सार्वजनिक रूपमा अर्थमन्त्रीको आलोचना समेत गरेका थिए । 

शेरबहादुर र आरजू देउवालाई रिझाउन बाहेक अरूको कुरा नसुनेका महतले प्रधानमन्त्री प्रचण्डलाई समेत टेरेका थिएनन् ।

‘मेरै फाइल अर्थमन्त्रीले अगाडि बढाएनन्, अर्थमन्त्रीले मलाई सहयोग गरेनन्,’ प्रचण्डले एक सांसदसँग केही महिनाअघि नै महतबारे गुनासो गरेका थिए । 

महतकै कारण गठबन्धन खतरामा पर्न सक्ने संकेत उनले कांग्रेस नेताहरूलाई समेत दिएका थिए । कालान्तरमा कांग्रेस–माओवादी गठबन्धन भत्काउने मुख्य पात्र तिनै अलोकप्रिय महत बनेका छन्, जसका बारे आइतवार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा आलोचना गरेका थिए– सभामुखको बजेट रोक्ने निरंकुश र स्वेच्छाचारी मन्त्री भनेर । 

यसबीचमा ओली र प्रचण्डबीच धेरै कुरा मिलिसकेको सूचना लोकान्तरले पायो । त्यसपछि फागुन १७ मा ‘पुस १०’को गठबन्धन ब्यूँतिने समाचार लेखेकै केही घण्टापछि प्रचण्डले चितवनमा पुगेर भनेका थिए, ‘शान्ति प्रक्रिया र संविधान लेखनमा खेलेको भूमिकाका कारण कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन वाचा गरेको थिएँ, तर परिस्थिति फेरियो ।’ 

प्रचण्डसँगको त्यो सहमति, ओलीको त्यो यात्रा

कांग्रेससँग असमझदारी बढेसँगै प्रचण्डले ओलीसँगको भेटवार्ता तीव्र बनाएका थिए– संक्रमणकालीन न्यायसम्बन्धी कानून टुंग्याउने नाममा । बाहिर टीआरसीको कुरा भएपनि भित्र ओली–प्रचण्ड सहकार्यको कुरा भइरहेको थियो । 

ओली–प्रचण्ड निरन्तरको भेटले केही पाकिरहेको राजनीतिमा चासो राख्नेले नबुझ्ने कुरा थिएन । यसबीचमा ओली र प्रचण्डबीच धेरै कुरा मिलिसकेको सूचना लोकान्तरले पायो । त्यसपछि फागुन १७ मा ‘पुस १०’को गठबन्धन ब्यूँतिने समाचार लेखेकै केही घण्टापछि प्रचण्डले चितवनमा पुगेर भनेका थिए, ‘शान्ति प्रक्रिया र संविधान लेखनमा खेलेको भूमिकाका कारण कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन वाचा गरेको थिएँ, तर परिस्थिति फेरियो ।’ 

प्रचण्डले परिस्थिति फेरिएको भनेर दिएको त्यो अभिव्यक्ति राजनीति बुझ्नका लागि काफी थियो । प्रचण्डसँग सहमतिको संकेत ओलीले फागुन १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएका थिए– स्टेसनरी व्यवसायीको कार्यक्रममा पुगेर । 

ओलीले भनेका थिए, ‘सरकारलाई सुनाउनुपर्ने केही कुरा भए मलाई भन्नुस्, प्रधानमन्त्रीसँग भेट भइरहन्छ ।’ त्यसपछि ओली भरतपुर महानगरको कार्यक्रममा सहभागी हुन चितवन गए । 

प्रचण्डकी छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगरको कार्यक्रममा जान ओली तयार रहनु नै ओली–प्रचण्ड सम्बन्ध सुधारको संकेत थियो ।

स्मरणीय छ, विगतमा ओलीले भाइ–भतिजा, छोरीज्वाइँलाई स्थापित गरेको भनेर प्रचण्डको आलोचना गर्ने गरेका थिए । भरतपुरको कार्यक्रममा प्रफुल्ल देखिएका ओलीले परिवारसहित घुम्न आउने बताए । 

हिजो फागुन २० गते आइतबार ओली जनकपुर जाने कार्यक्रम थियो । स्वागतका लागि २ सय किलोको माला तयार थियो । तर, ओली गएनन् । प्रचण्डको इशाराअनुसार नै उपाध्यक्ष विष्णु पौडेललाई पठाएर ओली काठमाडौंमै बसेका थिए ।

आइतवार नै ओली र प्रचण्डबीच दुईपटक भेटवार्ता भयो । बिहान संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको भनियो ।

ओलीसँगको सहमतिअनुसार प्रतिनिधि सभाको कानून समितिबाट आइतवार नै विधेयक पारित गर्ने तयारी थियो । तर, कानूनमन्त्री धनराज गुरुङले भाँजो हाले । 

त्यसपछि फायर भएका प्रचण्डले ओलीसँग साँझ पुनः छलफल गरे । आइतवार ओली उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेललाई साथमा लिएर बालुवाटार पुगे । आइतवार साँझको छलफलपछि नै लामो समयदेखिको तयारीले मूर्तरूप लिएको हो ।

आइतबार दिउँसोदेखि नै ओली र प्रचण्डबीच छलफल चलिरहेको थियो । 

बालुवाटार जानुअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफूहरूको मुख्य ध्यान ‘मिसन ०८४’ भएपनि त्यो भन्दा अगाडि नै कुनै अस्थायी प्रबन्ध गर्न सकिने बताएका थिए ।

ओली–प्रचण्ड छलफल सकिएलगत्तै एमाले उपाध्यक्ष पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र रास्वपा सभापति रवि लामिछानेबीच छुट्टै छलफल भयो । सोही छलफलले नयाँ गठबन्धन र ‘पावर शेयरिङ’मा सहमति जुटायो ।

एमाले र माओवादीसहितका दलबीच नयाँ सहमति भएको समाचार लोकान्तर डट्कमले आइतवार मध्यरातमै ब्रेक गरेको थियो । 

null

‘हुस्सु देउवा’ : भन्दै थिए– बाहिर चर्चा गरेजस्तो केही भएको छैन !

बालुवाटारमा प्रचण्ड र ओलीबीच सहमतिको ड्राफ्ट बनिरहेको समयमा आइतवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरिरहेका थिए, जहाँ देउवाले दाबी गरिरहेका थिए– बाहिर चर्चा गरिएजस्तो गठबन्धनमा समस्या छैन, बरु तिमीहरू सरकारबाट फिर्ता हुनुपर्ने अवस्था आउन सक्छ । देउवाले गठबन्धन नटुट्ने भन्दै चिन्ता नलिन आग्रह गरिरहेको समयमा बालुवाटारमा सहमतिको ड्राफ्ट तयार भइरहेको थियो ।

‘सभापतिको भनाइमा आत्मविश्वास थिएन, तर उहाँले गठबन्धन कुनै हालतमा टुट्दैन भन्नुभएको थियो । गत वर्ष पुस १० मा जस्तै उहाँ हुस्सु बन्नुभएको रहेछ,’ आइतबारको छलफलबारे कांग्रेसका एक नेताले भने ।

बालुवाटारमा ओली–प्रचण्ड मिलेको ढिलो थाहा पाएका देउवाले रोक्नका लागि मध्यरातमा बालकोटमा दूत पठाएका थिए– ओलीलाई नै प्रधानमन्त्री बनाउने प्रस्तावसहित । तर, ओलीले देउवाको कुरालाई गम्भीर लिएनन् । 

सबै शर्त मान्न तयार रहेको सन्देश लिएर पुगेका खड्का र सिटौलालाई प्रचण्डले जवाफ फर्काए– ढिलो भइसक्यो, चिज अर्कै ढंगले अगाडि बढ्यो । 

देउवाले गठबन्धन जोगाउने अन्तिम प्रयास भन्दै सोमवार बिहान उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौलालाई बालुवाटार पठाए । 

सबै शर्त मान्न तयार रहेको सन्देश लिएर पुगेका खड्का र सिटौलालाई प्रचण्डले जवाफ फर्काए– ढिलो भइसक्यो, चिज अर्कै ढंगले अगाडि बढ्यो । 

यससँगै फेरि सिंहदरबार जान साइत हेरेर मुख मिठ्याउँदै बसेका देउवा तत्कालका लागि जिल्लिएका छन् । ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको ज्योतिषीको दाबीलाई देउवा आफैंले प्रचार गर्दै आएका थिए । देउवा ५ पटक प्रधानमन्त्री बनेका छन् ।

गत वर्ष फागुनमा राष्ट्रपति निर्वाचनलाई लिएर एमाले–माओवादी गठबन्धन भत्केर नयाँ समीकरण बन्दा २ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो । सोही सहमतिपछि रामचन्द्र पौडेल राष्ट्रपति बनेका थिए । 

सोमवार बिहानदेखिका घटनाक्रम

सोमबार बिहान ७ बजे नै सचिवालयको आकस्मिक बैठक बोलाएर एमाले अध्यक्ष ओलीले माओवादीसँग नयाँ समझदारी बनेको बताएका थिए ।

ढिलो गर्दा चलखेल हुन सक्ने भन्दै बिहानै सचिवालय बैठक राखेर ओलीले माओवादीसँग गठबन्धन गर्ने कुरा पार्टीमा ‘इन्डोर्स’ गराए । सहकार्यका लागि पुरानो गठबन्धन भत्काएको निर्णय गर्नुपर्ने औपचारिक शर्त एमालेले राख्यो । 

एमाले सचिवालय बैठक बसिरहेको समयमा माओवादी पदाधिकारीको बैठक बालुवाटारमा बसेको थियो । माओवादी बैठक चलिरहेको समयमा ओली बालुवाटार पुगे । केहीबेरमा रास्वपा सभापति रवि लामिछाने बालकोट पुगे । 

सहमतिका लागि हिजो र आज भएका दौडधूपपछि प्रचण्डले एमाले र रास्वपालाई सहभागी गराएर सोमबार नै मन्त्रिमण्डल पुनर्गठन गर्दैछन् ।

लोकान्तरमा फागुन १७ गते प्रकाशित समाचार:

राजनीतिमा नयाँ 'ट्विस्ट'को संकेत : पुस १० ब्यूँताउने प्रयासमा ओली-प्रचण्ड !

गत वर्ष चैत १७ गते सरकारमा सहभागी कांग्रेस मन्त्रीहरू ११ महिनापछि आजै घर फर्किँदैछन् । नयाँ घटनाक्रमपछि राष्ट्रिय सभा अध्यक्ष अब एमालेले पाउने सम्भावना छ । 

२०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि ओली र प्रचण्डबीच टुटेको सहकार्य २०७९ पुस १० मा जोडिएको थियो । तर, त्यो बेला सहकार्य ६२ दिनमै टुंगिएको थियो । 

फेरि एकपटक एमाले र माओवादी पार्टी एकता गरेरै अगाडि बढ्ने तयारी साथ नयाँ परिस्थिति सिर्जना भएको माओवादी स्रोतहरू बताउँछन् । तर, यो सहकार्य कति लामो जान्छ, त्यो विषय भने भविष्यकै गर्भमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x