×

NMB BANK
NIC ASIA

केन्द्रमा गठबन्धन परिवर्तनको इफेक्ट

कानूनविदसँग परामर्शमा माओवादीः मुख्यमन्त्रीको राजीनामा माग्दै एमाले, अदालत जाने कांग्रेसको चेतावनी

विराटनगर | फागुन २१, २०८०

NTC
Premier Steels

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा दलहरूले आन्तरिक छलफल थालेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको काँध फेरेसँगै यसको असर प्रदेशमा पनि हुने भएको छ । तर कोशीमा भने कसरी अगाडि बढ्ने भन्नेमा दलहरू अन्योलमा देखिन्छन् ।

Muktinath Bank

यसअघि नेपाली काग्रेस–माओवादी केन्द्र गठबन्धनका आधारमा बनेका प्रदेश सरकारहरू नयाँ समीकरणसँगै फेरिने भए पनि कोशीमा बनेको माओवादी कोशी प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ बताउँछन् । फरक परिस्थिति बनेकाले अब कसरी अघि बढ्ने भनेर संविधानविदहरूसँग छलफल गरेर अगाडि बढ्ने तयारी भएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेसले नेतृत्व गरेको प्रदेश सरकार फालेर अब माओवादी र नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्ने भए पनि कोशीमा अहिलेको सरकार कसरी फाल्ने भनेर संविधानविद्सँग छलफल गरेर मात्रै अगाडि बढ्छौ,’ नेम्बाङले भने, ‘संवैधानिक जटिलता टारेर मात्रै अघि बढ्ने हो ।’ 


Advertisment
Nabil box
Kumari

कोशीमा संविधानको धारा १६८ (५) अनुसारको सरकार बनेकाले मुख्यमन्त्री आफैँले राजीनामा नदिएसम्म सरकार परिवर्तन सहज छैन । एमालेले भने केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएकाले अहिलेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने आवाज उठाउन थालेको छ । एमालेले केन्द्रमा सत्ता समीकरण फेरिएकै दिन (सोमवार) आफैँले बनाएका मुख्यमन्त्रीलाई राजीनामा एमालेले माग्न थालेको हो । ‘केन्द्रमा आएको सत्ता परिवर्तन बुझेर मुख्यमन्त्रीले आफैँ राजीनामा दिनुपर्छ,’ एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले लोकान्तरसँग भने ‘नयाँ गठबन्धनका बीच छलफल गरेर हामी चाँडै निष्कर्षमा पुग्छौँ ।’

Vianet communication

९३ प्रदेशसभा सदस्य रहेको कोशीमा सरकार बनाउन ४७ सिट चाहिन्छ । पहिलो पार्टी बनेको एमालेसँग ४० सिट छ भने तेस्रो स्थानमा रहेको माओवादीसँग १३ सिट छ । यस्तै जनता समाजवादी पार्टी (जसपा)सँग १ सिट छ । यसर्थ कोशीमा अहिलेको नयाँ सत्ता गठबन्धनसँग सरकार बनाउनका लागि पर्याप्त बहुमत पुगेको छ । 

नेकपा (एकीकृत समाजवादी)ले  सरकारमा जाने इच्छा राखे पनि एमालेले उसलाई सरकारमा सहभागी गराउँछ–गराउँदैन भन्ने टुङ्गो छैन । कोशीमा दोस्रो दल कांग्रेससँग २९, एकीकृत समाजवादीसँग ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् ।  

तर, संवैधानिक जटिलताले तत्काल सरकार बदल्न सम्भव भने न्यून रहेको मन्त्रीहरूको दाबी छ । केन्द्रमा आएको सत्ता फेरबदलको असर देखाए दुर्घटना हुनसक्ने सरकारले चेतावनी दिएको छ । सत्ता फेरबदलका बारेमा संवैधानिक बाटोबाट सरकारसम्म कुरा नआइसकेको कोशी सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले बताए । ‘कसैले पेपरमा वा सडकमा बोल्यो भन्दैमा यो सरकारको वैधता अहिले नै अन्त्य भयो भन्ने पक्षमा छैन’, उनले भने ‘यो सरकार पनि संविधानअनुसार नै बनेकाले विश्वासको मत लिएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न पनि पाइँदैन । त्यसैले यो अवधिसम्म यो सरकारका विषयमा केही कुरा पनि हुँदैन ।’ उनले सरकारलाई कुनै दबाब आए अदालतसम्म जाने चेतावनी पनि दिएका छन् । यसअघि पनि पटकपटक कोशी सरकारका बारेमा अदालत गएकाले अहिलेको सरकार पनि त्यहाँसम्म जानसक्ने उनले चेतावनी दिए । 

केन्द्रमा भएको परिस्थितिअनुसार चल्ने भए हिजोका गठबन्धनले गरेको निर्णय किन कार्यान्वयन नभएको भन्दै कानूनमन्त्री राईले प्रश्नसमेत गरे । गठबन्धनअनुरुप सरकार नबनेका कारण त्यसपछिको बाटोअनुसार केदार कार्कीको नेतृत्वमा सरकार बनेको उनले स्मरण गराए ।

‘१६८ (५) भनेको सदनमा सरकार बनाउने अन्तिम बाटो हो । अन्तिम विकल्पबाट सरकार बनाएको पनि सत्य हो । दलले सरकार बनाउनेभन्दा फरक परिस्थिति आएको थियो,’ उनले भने, ‘अन्तिम विकल्पमा व्यक्तिले सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने परिस्थिति बनेको थियो । यसर्थ अहिले यो सरकारले वहिर्गमनका बारेमा सोच्नुपर्ने अवस्था छैन । मेरो वैधता गुम्यो कि भनेर यो सरकार नारी छामेर बस्दैन भटाभट काम गर्छ ।

धेरै पेल्न खोजिए अबको विकल्प नयाँ जनादेश जाने पनि हुन सक्ने कानूनमन्त्री राईले संकेत गरेका छन् । उनले माओवादीका मन्त्रीहरूलाई तत्कालै बर्खास्त नगर्नेसमेत जानकारी दिए । ‘केन्द्रमा आएको परिवर्तन जानेर उहाँहरूले नै सरकार छाडेर जानु उत्तम हुन्छ,’ उनले थपे । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x