×

NIC ASIA

स्वदेश फर्किए करिब एक लाख अफगानी आप्रवासी

काठमाडाैं | फागुन २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

काबुल– इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्किएका छन् । 

Muktinath Bank

तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैर–खाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरहरूमा जाने व्यवस्था गर्ने गरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ । 


Advertisment
Nabil box
Kumari

‘प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ,’ शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भने । 

Vianet communication

साथै, स्वदेश फर्केका केही आप्रवासीले तालिबान सरकारसँग उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीहरूबारे पायिन्दा थर बताउने अफगान नागरिकले भने, ‘तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौँ त्यसैले स्वतन्त्र रूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।’

उनले भने, ‘हालैका वर्षहरूमा शत्रुताका कारण लाखौं मानिसहरू देश (अफगानिस्तान) छोड्न बाध्य भएका छन् ।’

विदेश रहँदाको अनुभव सुनाउँदै हालै इरानबाट स्वदेश फर्किएका नाजानिनले भने, ‘उनीहरूले पहिले मेरा श्रीमान्लाई लगे । पछि उहाँले फोन गरेर आफूलाई इरानी जेलमा राखिएको बताउनुभयो । चार दिनपछि म उहाँलाई भेट्न गएँ । इरानी प्रशासनले हामीलाई देश छोड्न चेतावनी दिएको रहेछ । श्रीमानले हामीलाई तीन दिनको समय दिनुहोस्, हामी यहाँबाट जान्छौं भन्नुभयो र स्वदेश फर्कियौँ ।’

उनले भने, ‘तीन दिनपछि हामी स्वदेश फर्किएका छौँ । तर, यहाँ हाम्रो बास र खाने प्रबन्ध मिलाउन कठिन भइरहेको छ किनकि दुव्यवहार हुनसक्ने डरमा हामी आफ्नो जन्मस्थान पुग्न सकेका छैनौँ ।’
 
‘सरकारले रोजगारीको अवसर प्रदान गर्नुपर्छ ताकि कोही पनि फेरि इरान फर्कन नपरोस् र हामी सबैले आफ्नो मातृभूमिमा आफ्नो प्रगति गर्न सकौँ,’ सोही समूहमा इरानबाट स्वदेश फिर्ता भएका खैरुदिनले टोलोन्युजलाई बताए । 

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले पाकिस्तानबाट जबर्जस्ती देश निकाला गरिएका अफगानी आप्रवासीहरूको दुर्दशाका बारेमा चिन्ता व्यक्त गरेको छ । उनीहरू अहिले केवल बाँच्नको लागि पैसा सापटी लिने र उधारोमा सामान किन्ने गरिरहेका छन् । 

विकराल अवस्थालाई उजागर गर्दै डब्लुएफपीले अफगानी आप्रवासीहरू कुनै पनि सुविधा वा सहयोगबाट बञ्चित भएर बाँच्नका लागि ऋण लिनैपर्ने अवस्था रहेको सङ्गठनको वेबसाइटले देश निकाला गरिएका अधिकांश आप्रवासीहरू हाल अन्यौलको अवस्थामा रहेको कुरालाई जोड दिएको छ । 

विश्व खाद्य कार्यक्रमले खाद्य सहायताको लागि एक महत्वपूर्ण आवश्यकतामाथि जोड दिँदै केही फर्केका आप्रवासीहरू अझै पनि भोकमरीसँग जुधिरहेका बताएको छ । अफगानिस्तानमा आप्रबासी समस्या र खाद्य सुरक्षा गम्भीर बनेको डब्ल्यूएफपीले जनाएको छ । 

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार छिमेकी देशहरूबाट अफगान शरणार्थीहरूको निरन्तर फिर्ती बढ्दो मुद्रास्फीति र शरण दिइएका देशहरूमा रोजगारीका अवसरहरूको अभावसँग सम्बन्धित छ ।

 हाल इरान, टर्की र पाकिस्तानमा करिब ६० लाख अफगानी आप्रवासी रहेको बताइएको छ । सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि हजारौं अफगानीहरू उत्पीडन र ज्यान मार्ने धम्कीको डरले अफगानिस्तानबाट भागेर छिमेकी देशहरुमा गएका थिए । यीमध्ये अधिकांश मानिसहरू अवैध च्यानलहरूमार्फत् ती मुलुकहरूमा प्रवेश गरेकोमा अहिले गम्भीर समस्याहरूको सामना गरिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x