×

NMB BANK
NIC ASIA

युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा रुसमा पत्रकारलाई जेल सजाय

काठमाडाैं | फागुन २३, २०८०

NTC
Premier Steels

कोरोलोभ– रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधवार सात वर्षको कारागार (जेल) सजाय सुनाएको छ । 

Muktinath Bank

५१ वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मसकोको कडा सैन्य सेन्सरसिप कानूनअन्तर्गत दण्डित गरियो । मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानूनहरूको प्रयोग गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भने, ‘शान्ति र स्वतन्त्रता ।’ उनका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, ‘हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।’


Advertisment
Nabil box
Kumari

सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गरेका थिए । उनलाई गत वर्ष पक्राउ गरिएको थियो र उनले आफू निर्दोष रहेको बताएका थिए । 

Vianet communication

‘रुसमा पत्रकारिता अब अवस्थित छैन,’ पछिल्लो सुनुवाइमा अदालतलाई दिएको अन्तिम बयानमा उनले भने, ‘हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।’

इभानोभ एउटा स्थानीय सरकारी टीभी च्यानलमा काम गर्थे तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी शहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उनलाई बर्खास्त गरिएको थियो ।  

बुधवारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उनको रिपोर्टिङको प्रतिशोधका रूपमा उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताइन् । ‘उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो,’ अल्ला इभानोभाले भने, ‘म लड्न जारी राख्नेछु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x