×

NMB BANK
NIC ASIA

माल्दिभ्सबाट दिल्ली फर्कँदै भारतीय सेना

काठमाडाैं | फागुन २६, २०८०

NTC
Premier Steels

भारतले माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने भएको छ । भारतको छिमेकी तथा सानो टापु राष्ट्र माल्दिभ्स चीन निकट बनेपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

Muktinath Bank

माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आगामी मे महिनाभित्र चरणबद्ध रूपमा फिर्ता गर्न त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकिदिएका छन् । गत नोभेम्बरमा निर्वाचित भएर सत्तामा आएका मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने चुनावी वाचा गरेका थिए । उनलाई व्यापक रूपमा चीनको समर्थन रहेको ठानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका दुईवटा उद्धारमा प्रयोग हुने हेलिकप्टर र एउटा सानो आकारको विमान मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू उक्त देशमा तैनाथ गरिएको बताउने गरेको छ । 


Advertisment
Nabil box
Kumari

भारतले उसका लागि रणनीतिक स्थानमा रहेको माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिन्छ । तर यी दुई देश बीचको सम्बन्ध विगत केही महिनायता निकै चिसिएको छ।

Vianet communication

बेइजिङ र माले दुवैले गत ज्यानुअरीमा आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा विस्तार गरेका छन् । त्यस बेला मुइज्जु चीनको राजकीय भ्रमणमा गएका थिए । उनले आफ्ना पूर्ववर्तीहरूले जस्तो कार्यकालको पहिलो भ्रमण भारतमा गर्ने चलनलाई तोडेका थिए । यसै साताको सुरुमा माल्दिभ्स सरकारले चीनसँग 'सैन्य सहायता' सम्झौतामा हस्ताक्षर गरेको छ। त्यसले दिल्लीलाई केही मात्रामा चिन्तित बनाएको छ।

माल्दिभ्सले सैन्य सहायताका लागि बेइजिङसँग रक्षासम्बन्धी सम्झौता गरेको यो पहिलो पटक हो । बेइजिङले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको बताउँदै आएको छ ।

यस अघिका राष्ट्रपतिको नेतृत्वको सरकारले लिएको भारत-पहिलो नीतिका कारण अहिले चीन माल्दिभ्सबाट फाइदा लिन व्यापक रूपमा अघि बढिरहेको कतिपयको बुझाइ छ । बीबीसी हिन्दीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x