कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
विराटनगर | फागुन २६, २०८०
नेपालमा कोराना भाइरस महामारीका कारण बन्दाबन्दी (लकडाउन) हुँदा धेरै उद्योगधन्दा बन्द भए । कतिपयमा जागिरसमेत गयो । यसले गर्दा कतिपय मानिस फुर्सदिला भए । विराटनगर– ८ की सुनीता छाराहाङले भने यसको सदुपयोग गरिन् । घरमै सीप सिकिन् । सोही सीप अहिले उनको जिउने आधार बनेको छ । उनी अहिले उनी वातावरण मैत्री घरायसी सामाग्रीहरू उत्पादन गर्छिन् । खेर गइरहेका वस्तु बनेका सामग्री उनी बाह्य देशमा समेत निर्यात गर्छिन् ।
सुनीता पढेलेखेकी महिला हुन् । उनले बीएलसम्मको अध्ययन गरे पनि जागिर खाएनन् । एउटा असल गृहिणी थिइन् । अहिले गृहिणीसँगै घरेलु सामान उत्पादनकर्ता बनेकी छिन् । उनले जुट, मकैको खोस्टा र कुशबाट घरायसी सामग्री बनाउने गरेकी छिन् । स्थानीय कच्चा पदार्थ नै प्रयोग गरेर उनले घरायसी सामग्री उत्पादन गरेर बेच्ने गरेकी छिन् । कुसन, डोर म्याटदेखि लिएर फूट म्याट, वाल हेगिङ, टी म्याट र चाबी लगाउने किरिङसम्म बनाउने गरेकी छिन् ।
लकडाउन हुनुभन्दा अगाडि सुनीतासहित अन्य साथीहरू मिलेर मसला उद्योग नचलाएका थिए । बजारको समस्याका कारण उनले भने उद्योगबाट हात झिकिन् । बजारमा ठूलो लगानीसँग प्रतिस्पर्धा गर्न नसकेपछि साथीहरूसँग सल्लाह गरेर नै उद्योगबाट हात झिकेको उनले बताइन् । आफूले उत्पादन गरेका सामग्रीको मूल्य बढाउन नमिल्ने तर कच्चा पदार्थको मूल्य चाहिँ पटक–पटक बढ्ने गरेपछि उद्योग सञ्चालनमा समस्या आएको सुनीता बताउँछिन् ।
‘बजारमा उथलपुथल आइरहने भएकाले प्रतिस्पर्धा गर्न समस्या भयो,’ उनले भनिन्, ‘हामी सानो लगानी भएका उद्यमीले ठूलो लगानी भएकासँग प्रतिस्पर्धा गर्नै समस्या भयो ।’ त्यो बेला उनीहरू जिरा भारतबाट ल्याएर मसला उत्पादन गर्ने गर्थे भने धनियाँ बेसार भने नेपालकै प्रयोग गर्थे ।
सुनीताले मसला उद्योगबाट हात झिकेपछि लकडाउनको समयमा नयाँ योजना बनाएकी हुन् । त्यो योजना थियो– खेर जाने सामग्रीलाई उत्पादनसँग जोड्ने । यसका लागि उनले कहीँ कतै पनि तालिम लिएकी पनि छैनन् । घरमा सिक्दै जाँदा राम्रो भएपछि त्यसलाई उत्पादनसँग जोडेको उनले बताइन् । आफ्ना उत्पादनले वातावरणमा कुनै असर नगर्ने उनको दाबी छ । वातावरणसम्बन्धी जागरुकताका विषय विश्वव्यापी रुपमा उठिरहेको बेला भएकाले पनि आफ्ना सामान बजारमा राम्रो खपत भइरहेको उनको भनाइ छ ।
सुनीताले त्यसै खेर जाने मकैका खोस्टाबाट चिटिक्क परेका विभिन्न घरायसी सामाग्री उत्पादन गर्ने गर्छिन् । खोस्टा विराटनगरमा नपाउने गरेकाले त्यहाँभन्दा अन्य क्षेत्रबाट ल्याउने गरेको उनी बताउँछिन् । ‘विदेशबाट कच्चा पदार्थ मगाउँदिनँ । आफ्नै सिर्जनशीलता प्रयोग गर्छु,’ उनी भन्छिन्, ‘घरमै बसेर काम गर्छु । धेरै लगानी पनि छैन । यसैमा आत्मसन्तुष्टि छु ।’ सुनीताले कच्चा पदार्थ दिएर अन्य महिलालाई पनि उद्यमी बनाएकी छिन् । उनीहरूलाई डिजाइन सिकाउने काम पनि उनैले गर्छिन् । उद्योगका नाममा उनीसँग कुनै मशिन छैन । सबैभन्दा ठूला मशिन सियो–धागो नै हो । सुनीताले दुई जनालाई मासिक तलब दिएरै काममा लगाएकी छिन् भने ३० जनालाई सीप पनि सिकाएकी छिन् । सिकाएकामध्ये आठ जनाले नियमित घरमै काम गरिरहेको उनले बताइन् । साथै सुनीताले अरूले उत्पादन गरेका सामग्री खरिदसमेत गरिदिने गरेकी छिन् ।
सुनीताका सामग्रीको माग बढ्दो छ । माग अनुसारको सामग्री उपलब्ध गर्न नसकिरहेको उनी बताउँछिन् । धेरै माग विराटनगरबाटै नै आउने गरेको उनले सुनाइन् । अनलाइनमार्फत पनि सामग्रीको डेलिभरी गरिदिने गरेकी छिन् उनले । डोर म्याट र फूट म्याड चाहिँ धेरै अडर आउने गरेको उनले सुनाइन् । हातैले बुनेको राम्रो हुने भन्दै अस्टे«लियाबाट समेत माग आउने गरेको छ । त्यहाँ पठाउने गरेको उनको सुनाइन् ।
सुनीताले कुशलाई भने डोर म्याडमा प्रयोग गर्ने गर्दिनन् । यसको कारण छ– हिन्दू धर्मावलम्बीले कुशलाई पूजा गर्ने गर्छन् । डोर म्याड भुइँमा प्रयोग गर्ने गरिन्छ । यसर्थ उनले कुशलाई कुसन बनाउन मात्रै प्रयोग गर्ने गर्छिन् । कुशको मात्रै बनाउँदा खुकुलो भएर खुस्कने–बिग्रने भएकाले जुट मिक्स गरेर बनाउने गरेको उनले सुनाइन् । ‘सानैदेखि आफू सिर्जनशील भएकाले पुराना कपडासमेत फाल्दिन थिए । केही गर्न सकिन्छ कि भनेर डल्ला बनाएर राख्ने गर्थेँ,’ उनले भनिन् ‘अहिले तिनै वस्तुले आफूलाई समाजमा परिचय गराउने अवसर दिएको छ । यसमा खुसी छु ।’
घरेलु उद्योग खोल्दा सुनीताको कुनै लगानी छैन भने भन्दा पनि हुन्छ । साढे तीन सय रुपैयाँको जुट किनेर ल्याएर उनले सामग्री बनाउन थालेकी हुन् । सामान्य कच्चा पदार्थ किन्न मात्रै पैसा लाग्ने उनले बताइन् । एउटा सामग्री बेच्दा त्यसको नाफा अर्काेमा लगानी गर्ने गरेको उनले सुनाइन् । कच्चा पर्दाथसमेत गर्दा ६० हजार रुपैयाँको जति अहिलेको लगानी भएको उनले बताउँछिन् ।
घरायसी सामान अन्यभन्दा १५ प्रतिशतसम्म महँगा छन् । यद्यपि, नेपाली उद्यमीले नै उत्पादन गरेका सामग्री प्रयोग गर्न प्रेरित गर्न सरकारले नीति नै बनाएको छ । तर त्यो अहिलेसम्म लागू नभएको गुनासो सुनीताको छ । कार्यालयहरूले भ्याट बिल खोज्ने गरे पनि आना उद्योगहरू भ्याटमा दर्ता नहुने गरेको स्पष्ट पारिन् ।
घरेलु तथा साना उद्योग महासंघ, मोरङको जिल्ला कार्यसमितिमा समेत आबद्ध सुनीताले वकिल बन्ने उद्देश्य राखेर बीएल पढिन् । तर सपना भने पूरा नभएको उनले बताइन् । काठमाडौंको नेपाल ल क्याम्पसबाट उनले बीएल गरेकी हुन् । बच्चा हुने भएपछि पढाइलाई निरन्तरता दिन नसकेको उनले बताइन् । ‘बच्चा हुर्केपछि पढ्नु भनेर परिवारले सुझाव दिनुभएको थियो । तर लामो समय ग्याप भएकाले मैले पढाइलाई निरन्तरता दिन सकिनँ,’ उनले भनिन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...