×

NMB BANK
NIC ASIA

गाजाका लागि साइप्रस हुँदै सहायता पठाउने अमेरिकी संस्थाको तयारी

काठमाडाैं | फागुन २६, २०८०

NTC
Premier Steels

निकोसिया–अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचेन’ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिवार बताएको छ ।

Muktinath Bank

गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसको लार्नाका बन्दरगाहमा तीन साताअघि स्पेनको ध्वजाबाहक जहाज ‘ओपन आम्र्स’ डुबेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वल्र्ड सेन्ट्रल किचेन’को टोली साइप्रसमा मानवीय सहायताका सामानहरू उत्तरी गाजातर्फ जाँदै गरेको डुङ्गामा लोड गरिरहेको छ,’ संस्थाले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

‘हामी हाम्रो विश्वासिलो गैरसरकारी संस्था साझेदार ‘ओपन आम्र्स’सँग समुद्री सहायता करिडोर खोल्नका लागि हप्तौंदेखि तयारी गरिरहेका छौं जसले हामीलाई यस क्षेत्रमा हाम्रो प्रयासलाई विस्तार गर्न अनुमति दिने विश्वास गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Vianet communication

इजरायल–हमास युद्धको पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि गम्भीर मानवीय अवस्थाका कारण केही देशले खाद्यान्न र अन्य सहायता ढुवानी गर्न बाध्य भएको गाजाका जनताका लागि आवश्यक सामग्रीले भरिएको बार्ज निर्माण गर्ने योजना रहेको च्यारिटीले जनाएको छ ।

‘गाजामा मानवीय सामुद्रिक करिडोर स्थापना गर्ने प्रयासमा प्रगति भइरहेको छ, र हाम्रो सयौँ टनले भरिएको जहाज प्यालेस्टिनी नागरिकका लागि खाना, पानी र महत्वपूर्ण आपूर्तिको क्षणको सूचनाका लागि पर्खिरहेको छ,’ ओपन आम्र्स’ ले सामाजिक सञ्जाल एक्समा भनेको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले आइतवार लार्नाबाट सामुद्रिक करिडोर खुल्ने आशा व्यक्त गरेका छन् ।

उनले संयुक्त अरब इमिरेट्स (यूएई)को सहयोगमा शुक्रवार  ‘पाइलट अपरेसन’ शुरू गरिने बताएका छन् । यसले ‘गाजाका जनताका लागि सामानको धेरै ढुवानीमध्ये पहिलो’ ढुवानीलाई सुनिश्चत गरेको छ ।

गाजामा कुनै पनि बन्दरगाहहरू सञ्चालनमा छैनन् र अधिकारीहरूले प्रारम्भिक ढुवानीहरू कहाँ जानेछन्, ती इजरायलद्वारा निरीक्षणको अधीनमा रहनेछन् वा कसले सहायता वितरण गर्नेछन् भन्ने बारे केही बताएनन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गाजामा ‘अस्थायी स्टेशन’ स्थापना गर्ने अमेरिकी योजनामा ६० दिन लाग्ने र त्यसमा एक हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न हुने जनाएको छ ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट गाजा युद्ध शुरू भएको थियो । आक्रमणमा एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २४० जनालाई आक्रमणपछि बन्धक बनाइएको इजरायली तथ्याङ्कले देखाउँछ ।

आक्रमणको लगत्तै हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले निरन्तर सैन्य आक्रमण गरेको छ । हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कम्तीमा ३० हजार ८७८ व्यक्तिको मृत्यु भएको छ ।

सन् २००५ मा गाजाबाट पछि हटेको तर आफ्नो हवाई क्षेत्र र क्षेत्रीय जलक्षेत्रमा नियन्त्रण कायम राखेको इजरायलले योजनाबद्ध सामुद्रिक करिडोरको ‘स्वागत’ गरेको बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x