×

NMB BANK
NIC ASIA

दोहा एक्स्पोको समापनमा नेपाल दिवस

काठमाडाैं | फागुन २७, २०८०

NTC
Premier Steels

कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल दिवस (नेपाल डे) समारोह सम्पन्न गरेको छ । हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले शुरू गरेको दोहा एक्स्पो २०२३ को समापन हुने समयमा नेपाल दिवस सम्पन्न गरिएको हो । 

Muktinath Bank

करिब पाँच सय अतिथिको उपस्थितिमा सम्पन्न एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत तथा एक्स्पोमा पेभिलियन सञ्चालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरूको विशिष्ट सहभागिता थियो । समारोह उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहम्मद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने बताए । नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झाँकीहरू प्रस्तुत गर्दै परेड गरिएको  छ । सो समारोहबाट विश्वकै धनी मुलुक र रोजगारीलगायतको सम्भावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको कार्यक्रमका संयोजक एवं नेपाली पेभिलियनका कमिश्नर जनरल कृष्ण कुमार सुवेदीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रमबाट कतारलगायत मध्यपूर्वका मुलुकबाट नेपालमा लगानीको सम्भावना बढ्ने अपेक्षा गरिएको नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र चम्लगाईंले बताए । गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टले कतारमा रहेको नेपाली समुदायको विशिष्ट उपस्थिति र सांस्कृतिक कार्यक्रमले नेपालीको पहिचान बढाउने काम गरेको उल्लेख गरे । 

Vianet communication

गत अक्टोबर २ मा कतारका अमिरले विशेष समारोहबीच समुद्घाटन गरेको यस वागवानीसम्बन्धी दोहा एक्स्पो २०२३ मा विश्वका ८० मुलुक र एक सयभन्दा बढी व्यावसायिक संस्थाहरू सहभागी छन् । एक्स्पोमा नेपाली व्यवसायी सङ्घ कतार, गैरआवासीय नेपाली सङ्घ कतार र नेपाल निर्यात व्यवसायी महासङ्घको सहयोगमा नेपाली राजदूतावासले पनि सहभागिता जनाए । 

एक्स्पोको सञ्चालनका लागि नेपालका तर्फबाट कृष्णकुमार सुवेदी कमिश्नर जनरल, कृष्ण पन्थी डेपुटी कमिश्नर जनरलसहित महेन्द्र चम्लागाईं, रमेश भट्ट, सुनिलकुमार घिमिरे, शङ्कर न्यौपाने, भिजन घिमिरेलगायतको एक उच्चस्तरीय समिति बनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x