×

NIC ASIA

सीमामा आकस्मिक हमलापछि रुसले गर्‍यो कुर्स्क शहरका विद्यालय बन्द

काठमाडाैं | फागुन ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

मस्को -किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरका विद्यालयहरू मङ्गलबारदेखि अस्थायीरूपमा बन्द गरेको छ । 

Muktinath Bank

युक्रेनबाट आफ्नो क्षेत्रमा भएको हमलालाई रोक्न युद्धक विमान, रकेट र तोपखाना तैनाथ गरेको घोषणापछि साताको अन्त्यसम्म विद्यालय बन्द हुने समाचार आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हालका घटनाका सम्बन्धमा मैले विद्यालयहरूलाई दूर शिक्षामा राख्ने निर्णय लिएको छु,' कुर्स्कका मेयर इगोर कुत्साकले सामाजिक सञ्जालमा लेखेका छन् । उनले शुक्रबारसम्म विद्यालय बन्द रहने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

मस्कोले लडाइँ भएको भनेको कुर्स्क क्षेत्रको ट्योटकिनो गाउँलाई कब्जा गरेको किएभका एक समर्थक मिलिसियाले मङ्गलबार दाबी गरेका छन् । करिब चार लाख ४० हजार जनसङ्ख्या भएको सहर र यस क्षेत्रको राजधानी कुर्स्कबाट करिब एक सय ४० किलोमिटर टाढा अवस्थित ट्योटकिनो युक्रेनको सीमा नजिक छ । 

Vianet communication

युक्रेनको सीमा नजिकै रहेको रुसी सहर बेलगोरोडले भोगेको जस्तो आक्रमणबाट कुर्स्क सहर अहिलेसम्म बचेको छ तर हालका दिनहरूमा यो सहरले ड्रोन हमलाहरूको सामना गर्नुपरेको छ । 

रुसी सेनाले मङ्गलबार एक घन्टाको फरकमा कुर्स्क क्षेत्रमा चार युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । सप्ताहन्तमा एक युक्रेनी ड्रोनले कुर्स्क सहरमा एउटा भवन क्षतिग्रस्त बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x