×

NIC ASIA

ईयूले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

काठमाडाैं | चैत १, २०८०

Prabhu Bank
NTC
Premier Steels

ब्रसेल्स– युरोपेली सङ्घ (ईयू) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो ईयूले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो । 

Muktinath Bank

युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले युक्रेनलाई सैन्य सहयोग गर्ने कदममा ईयूले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने बताएको छ । ईयूका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भने, ‘हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ, यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ स् हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अल जजिराका अनुसार इयुका २७ सदस्य मुलुकका राजदूतहरूले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा ईयूका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए । 


Advertisment
Nabil box
Kumari

ठूलो नगद–फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले इयुका सदस्य र अन्य मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ । युरोपेली रक्षा उद्योगहरूको बलियो प्रवर्द्धक फ्रान्सले ‘रिफन्ड’ का लागि सक्षम हतियार खरिद गर्दा बलियो ‘युरोपेली खरिद गर्नुहोस्’ नीतिमा जोड दिएको थियो । यद्यपि अल जजिराका अनुसार अन्य मुलुकले यस्तो प्रकारको आवश्यकताले विश्वभरबाट युक्रेनका लागि चाँडै हतियार खरिद गर्ने प्रयासमा अवरोध गर्ने तर्क दिएका छन् । 

Vianet communication

जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ र उसले कोषमा मुलुकहरूको वित्तीय योगदानको आकार निर्धारण गर्दा द्विपक्षीय सहयोगलाई ध्यानमा राख्नुपर्ने बताएको छ । अन्ततः ‘युरोपेली खरिद’ नियमहरूमा खुकुलोपनलाई अनुमति दिएर सदस्यहरूको वित्तीय योगदानको गणना गर्दा द्विपक्षीय सहायताको मूल्यको अंशलाई ध्यानमा राखेर सम्झौता भएको कूटनीतिज्ञहरूले बताएका छन् । 

‘यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ सङ्कल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो,’ युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, ‘हामी अर्को ईयू विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x