×

NMB BANK
NIC ASIA

काठमाडौंमा हप्ता दिनभित्रै १७ हजार ट्राफिक उल्लङ्घनका घटना

काठमाडाैं | चैत २, २०८०

NTC
Premier Steels

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ ।

Muktinath Bank

कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार चार सय ६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ । सवारी चलाउँदा कहिल्यै पनि प्रतिस्पर्धाको भावनाबाट चलाउनुहुँदैन । सडक अनुशासन पालना गरौं', उनले भने ।


Advertisment
Nabil box
Kumari

उनले ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको बताए ।

Vianet communication

सबैभन्दा बढी कारबाही तीव्रगतीमा सवारी साधन चलाउँदा भएको देखिन्छ । एक हप्तामा तीव्रगतीमा सवारी साधन चलाउने दुई हजार सात सय ५८ चालक कारबाहीमा परेका छन् ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लेन अनुशासन उल्लङ्घनमा सात सय ६६, मादक पदार्थ सेवन गरेका छ सय ४०, रेडलाइट नियम पालना नगरेका पाँच सय ८० र बढी भाडा लिएका नौ चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी काठमाडौं जिल्लामा मात्रै एक सय चार वटा सवारी दुर्घटना दर्ता भएका छन् ।

जसमा एकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । ती दुर्घटनामा साधारण घाइतेको सङ्ख्या भने एक सय चार छ ।

ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार सात सय ५९ जनाले सचेतना कक्षा लिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x