×

NMB BANK
NIC ASIA

डुङ्गा दुर्घटनापछि समुद्रमा अलपत्र थप रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार

काठमाडाैं | चैत ९, २०८०

NTC
फाइल तस्वीर ।
Premier Steels

मेउलाबोह–इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप ६ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् ।

Muktinath Bank

बेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण बन्दै गएपछि हराइरहेका थप रोहिङ्ग्या शरणार्थीको खोजी कार्य अन्त्य गरिएको उनीहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्धार टोलीहरूले भनेका छन् , ‘बिहीवारदेखि वेपत्ता रोहिङ्ग्या शरणार्थीको खोजी अन्त्य गरिएको छ । डुङ्गा पल्टेपछि त्यसमा झुन्डिएर जीवन बचाउन सफल ७५ जनालाई उद्धार गरिएको छ ।’   


Advertisment
Nabil box
Kumari

आचेहस्थित स्थानीय खोज तथा उद्धार निकायका अधिकारी मोहम्मद फाथुर रचमानले भने, ‘बेपत्ता भनिएका यात्रुको सूची नभएको र घटनास्थल वरपरका स्थानमा खोजी गरिएको तर त्यहाँ थप व्यक्ति नभेटिएपछि उद्धार कार्य रोकिएको छ ।’

Vianet communication

रचमानले भने, ‘उनीहरू समुद्रमा फसेको ४८ घण्टाभन्दा बढी भइसकेको र अब उनीहरू जीवित पाइने सम्भावना क्षीण बनेको साथै वरपरका स्थानमा खोजी गर्दा कुनै सङ्केत फेला नपरेकोले समुद्रमा उनीहरूको खोजी गर्नु अर्थपूर्ण नहुने देखिएपछि उद्धार कार्यलाई रोकिएको हो ।’

हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएको काठको डुङ्गा बुधवार दुर्घटना भएपछि उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटना भएको थियो । 

अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेसिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।

यूएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार यमे सङ्ख्या सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो सङ्ख्या हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x