×

NMB BANK
NIC ASIA

भुटानमा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान

काठमाडाैं | चैत १०, २०८०

NTC
Premier Steels

थिम्पू– प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’बाट पनि सम्मानित गरिएको छ । सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब ४० करोड जनताको नाममा समर्पित गरेको बताएका छन् । 

Muktinath Bank

उनले भुटानमा भारतीय सहयोगमा बनेको ‘ग्याल्त्सुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड हस्पिटल’को उद्घाटन पनि गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नयाँ दिल्ली र थिम्पूबीचको सम्बन्ध निरन्तर बढ्दै जाने र यसले दुई देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘म विनम्रताका साथ ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ स्वीकार गर्छु । यो पुरस्कार प्रदान गर्नुभएकोमा म भूटानका राजाप्रति आभारी छु । म यसलाई भारतका १४० करोड जनताप्रति समर्पित गर्छु । मलाई यो पनि विश्वास छ कि भारत–भुटान सम्बन्ध निरन्तर बढ्दै जानेछ र हाम्रा नागरिकहरूलाई फाइदा पुग्नेछ,’ प्रधानमन्त्री मोदीले एक्स (ट्विटरमा)मा पोस्ट गरेका छन् । 

Vianet communication

सम्मान प्राप्त गर्ने प्रधानमन्त्री मोदी पहिलो विदेशी विशिष्ट व्यक्ति र समग्रमा यो पुरस्कार पाउने चौथो व्यक्ति बनेका छन् । स्थापित वरीयता र प्राथमिकताअनुसार, ‘अर्डर अफ द ड्रुक ग्याल्पो’लाई आजीवन उपलब्धिको लागि सजावटको रूपमा स्थापित गरिएको हो भने यो भुटानी उच्च सम्मान हो । 

प्रधानमन्त्री मोदीलाई बिदाइ गर्न भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे विमानस्थलमा पुगेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका भुटानी समकक्षी छिरिङ तोब्गेले थिम्पूमा भारत सरकारको सहयोगमा निर्माण गरिएको ‘ग्याल्टसुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड’ नामक अत्याधुनिक अस्पतालको संयुक्तरूपमा उद्द्धाटन गरेका थिए । नवनिर्मित अस्पतालले भुटानमा आमा र बाल स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । 

भुटानमा १५० शैयाको अस्पताल निर्माणको लागि भारत सरकारले दुई चरणमा  सहयोग गरेको उक्त अस्पताल कूल एक अर्ब १९ करोडको लागतमा निर्माण गरिएको हो । 

अस्पतालका नयाँ सुविधामा बालरोग, स्त्रीरोग र प्रसूति, एनेस्थेसियोलोजी, अपरेसन थिएटर, शिशुरोग सघन उपचार र बालरोग सघन उपचारका लागि अत्याधुनिक सुविधाहरू हुनेछन् ।

भुटानी प्रधानमन्त्री तोब्गेले अत्याधुनिक अस्पताल निर्माणका लागि पूर्ण आर्थिक सहयोग गरेकोमा भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

भुटानका स्वास्थ्य मन्त्री टान्डिन वाङचुकले प्रधानमन्त्री मोदीद्वारा अस्पतालको उद्घाटनको प्रतीकात्मक महत्वलाई जोड दिँदै यसलाई दुई देशबीचको स्थायी मित्रताको प्रदर्शनको रूपमा वर्णन गरे । 

मन्त्री वाङ्गचुकले अस्पतालका सबै सुविधाहरू भारत सरकारको सहयोग तथा साझेदारीमा निर्माण गरिएको बताउँदै दुई देशबीच बलियो द्विपक्षीय सम्बन्धको आधार बनाउने सहयोगी प्रयासहरू भइरहेको बताए ।  

भुटानमा रहँदा प्रधानमन्त्री मोदीले भूटानी नरेश र प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । उनीरूबीच द्विपक्षीय कुटनीतिक, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री मोदी दुई दिने राजकीय भ्रमण सकेर शनिवार नयाँ दिल्ली फर्किएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x