×

NMB BANK
NIC ASIA

ट्रष्ट माइक्रो इन्स्योरेन्सको सेवा रुपन्देहीबाट शुरू

काठमाडाैं | चैत १०, २०८०

NTC
Premier Steels

’ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी’ले रुपन्देहीबाट सेवा शुरू गरेको छ ।

Muktinath Bank

बुटवलका उद्यमी जगतबहादुर पोखरेलको नेतृत्वमा ७१ जना व्यवसायी मिलेर रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा मुख्य कार्यालय राखेर माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल ७५ करोड रुपैयाँ चुक्ता पूँजी राखेर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त उक्त लघु नीर्जीवन बीमा कम्पनीले तिलोत्तमामा मुख्य कार्यालय राखेपनि सेवा भने काठमाडौंसहित धेरै जिल्लाबाट प्रवाह गर्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

मध्यम वर्गका नागरिक, साना तथा मझौला व्यवसायीलाई बीमाको मूलधारमा ल्याउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालन गर्न लागिएको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

Vianet communication

साथै उनीहरूको सम्पत्तिमा प्राकृतिक प्रकोप, आकस्मिक दुर्घटनाबाट हुने हानी तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

‘कम्पनीले ५० लाखभन्दा कमको नीर्जीवन बीमा व्यवसायअन्तर्गत लघु मोटर बीमा, लघु सम्पत्ति बीमा, लघु घर बीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा, लघु सामुहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघु बीमालगायतका बीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हुने हानी–नोक्सानीमा राहत दिनेछ,’ शनिवार आयोजित कार्यक्रममा उनले भने ।

पोखरेलले नेपालीहरूलाई बीमाको मूलधारमा ल्याउन र उनीहरूको सम्पत्तिको संरक्षणमा बीमाको पहुँच पुर्याउन बीमासम्बन्धी सचेतना ल्याउने खालका कार्यक्रम ल्याउने बताए ।

सरकारले हरेक प्रदेशमा एउटा–एउटा लघु बीमा कम्पनीलाई सेवा सञ्चालनका लागि अनुमति दिने गरेको छ । लुम्बिनी प्रदेशमा ’ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी’लाई अनुमति दिइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x