कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
विराटनगर | बैशाख २२, २०८१
‘आधा आकाश’ भनेर चिनिने नेपाली महिलाहरू समय सँगसँगै हरेक क्षेत्रमा सक्षम बन्दै गइरहेका छन् । उद्योग–व्यवसाय क्षेत्रमा लागेका महिलाको संख्या पनि उत्तिकै छ । लगानी डुब्ने जोखिम हुने भएकाले उद्योग–व्यवसाय पेशा आफूैँमा चुनौतीपूर्ण छ । यस्तोमा कतिपय महिला सजिलो विकल्प छाडेर जोखिम उठाउँदै उद्योग–व्यवसायमा हात हाल्न थालेका छन् । तर, असहयोगी सामाजिक परिवेश, सम्पत्तिमा अधिकार नहुने असमान कानून, साना उद्यमीलाई उद्यमी नै नमान्ने राज्यको व्यवहारजस्ता चुनौती उनीहरूले भोग्नु परिरहेको छ । यस्ता अनेकन समस्यालाई चिर्दै विराटनगरका केही महिला अग्रणी उद्योगी कहलिन सफल भएका छन् । सानादेखि ठूला उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनेका छन् । अब जानौं उनीहरूबारेः
न्युरो अस्पताल सम्हालिरहेकी डा अनिशा
विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल (अस्पताल)की कार्यकारी निर्देशक हुन्– डा अनिशा विष्ट (बस्नेत) । उनले एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रुपमा न्युरो हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् । उनकै नेतृत्वमा न्युरो अस्पताल हाल १५० शय्यामा विस्तार भएको छ । पछिल्लो समयमा विराटनगरको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको उनी बताउँछिन्् । ‘विराटनगर मेडिकल हबको रुपमा स्थापित हुँदैछ,’ उनले भनिन्, ‘यो मेडिकल हबको एउटा जिम्मेवार भागको रुपमा हामी आफ्नो भूमिकाप्रति सदैव गम्भीर र इमान्दार रहेका छौं ।’
धैर्यता र सहनशीलताजस्ता गुणले आफूलाई उद्यम–व्यवसायमा संघर्षरत रहन प्रेरित गर्ने अनिषा बताउँछिन् । महिलाले नेतृत्व गरेको कारणले अहिले अस्पतालमा रोजगारी पाएका आधाभन्दा बढी अर्थात् ७० प्रतिशत महिला नै रहेको उनले जानकारी दिइन् ।
न्युरोमा न्युरोलोजी, मुटुरोग सेवा, जनरल मेडिसिन, स्त्रीरोग तथा प्रसूति, मानसिक, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी, आपतकालीन, रेडियोलोजी, चर्म तथा यौनरोग, फिजियोथेरापी, संक्रमण रोग, न्युरो सर्जरी, हाडजोर्नी, जनरल सर्जरी तथा ल्याप्रोस्कोपी, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाहरू सञ्चालनमा छन् ।
बुवा हेमराज र आमा तुलसा बस्नेतको कोखबाट २०२९ पुस २० गते डा अनिशाको जन्म भएको हो । उनको २०५० मङ्सिर २० गते वरिष्ठ न्युरोलोजिस्ट डा वीरेन्द्रकुमार विष्टसँग विवाह भयो । उनीहरूका दुई सन्तानमध्ये छोरी रोशनी अहिले एमडीको तयारी गर्दैछिन् भने छोरा ऋतिक एमबीबीएस गर्दैछन् । डा वीरेन्द्रकुमार अस्पतालका संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक हुन् ।
डा अनिशा विभिन्न सामाजिक संघ–संस्थाहरूमा पनि आबद्ध छिन् । उनी धार्मिक तथा सामाजिक कार्यहरूमा संलग्न भएर अस्पतालमार्फत् विभिन्न प्रकारका स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएकी छिन् । २०५७ सालदेखि न्युरो अस्पतालको कार्यकारी निर्देशक भएर अस्पताल सम्हालेपछि सामाजिक काम पनि उत्तिकै गर्दै आएकी हुन् । कृष्णगङ्गा फाउन्डेसनमा आबद्ध रही लागूपदार्थ दुव्र्यसनीमा फसेकाहरूकोे सुधारको काम र कुलत निवारणमा पनि उनी कार्यरत छिन् ।
नोबेलदेखि केएमसीसम्मको निर्देशक बनेकी इन्दिरा
विराटनगरमा सफल उद्यमी महिलाको रुपमा कहलिएको नाम हो– इन्दिरा शर्मा बराल । उनी नोबेल मेडिकल कलेज, केएमसी कलेज र डेन्टल कलेजकी निर्देशक रहेकी छिन् । यति ठूला अस्पताल हाँक्नेसम्मको उचाइमा पुग्दैगर्दा उनले जीवनमा धेरै संघर्ष गरेकी छिन् ।
इन्दिरा निर्देशक रहेको नोबेलमा १ हजार ६०० जनाले रोजगारी पाएका छन् । केएमसीमा १ हजार ३०० र डेन्टल कलेजमा ८०० ले रोजगारी पाएका छन् । श्रीमान् डा सुनिल शर्मा राजनीतिमा लागेपछि अस्पताल चलाउने जिम्मेवारी उनकै काँधमा छ ।
सपना देखिपछि काम गर्न सकिने इन्दिराको अनुभव रहेको छ । ‘सपना के लिनु उडी छुनु चन्द्र एक भनेजस्तै हो । सपना नदेख्नेले काम गर्न सक्दैन,’ इन्दिराले भनिन् । आर्थिक विपन्न समुदायका ८०० विद्यार्थीलाई शर्मा दम्पतीले पढाइरहेका पनि छन् । उनीहरू चिकित्सकदेखि चार्टर्ड एकाउन्टेन्ट तथा कृषि भेटेनरी अध्ययन गर्दै आएका छन् । मेडिकल पढेका केही चिकित्सक अहिले पनि कलेजमा कार्यरत रहेका छन् ।
इन्दिराको जन्म विसं २०२८ सालमा झापा दमकको बेलडाँगीमा भएको हो । कक्षा ४ सम्म पढेपछि उनी २०३८ सालमा परिवारसँगै मोरङको इटहरा पुगिन् । फेरि उच्च शिक्षाका लागि विराटनगर आइन् । उनले विराटनगरमा नर्सिङ पढेपछि कोशी अस्पतालमा एक वर्ष सेवा गरिन् । त्यसपछि धरानस्थित बीपी कोइरला विज्ञान प्रतिष्ठान र चितवनस्थित क्यान्सर अस्पतालमा पनि काम गरेको उनीसँग अनुभव छ । सामान्य परिवारमा जन्मेकी इन्दिरा अहिले पनि संघर्षकै दौरानमा रहेको बताउँछिन् । कलेजलाई विश्वविद्यालयको रुपमा विस्तार गर्ने योजना रहेको उनी सुनाउँछिन् ।
जुत्ता–चप्पल उद्योग खोलेकी चम्पा
मोरङको बूढीगङ्गा गाउँपालिका–२ टंकीसिनवारी घर भएकी चम्पा नेपाल सफल महिला उद्यमी हुन् । एक दशक भयो उनी उद्यम क्षेत्रमा लागिपरेको । सफलतापूर्वक आफ्नो उद्यम यात्रा अगाडि बढाइरहेकी छिन् ।
चम्पाले २०६९ सालमा विराटनगरमा जुत्ता–चप्पलको उद्योग खोलेकी हुन् । उनले आफ्नै नामबाट ‘चम्पा सू–सेन्टर तथा प्रशिक्षण केन्द्र’ खोलेकी छिन् । यो यद्योगको रुपमा दर्ता भएको छ । घरेलु महासंघले दिएको तालिम लिएपछि उनलाई जुत्ता–चप्पलको उद्योग खोल्ने हिम्मत आएको हो । चम्पाले घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले दिएको १५ दिने जुत्ता बनाउने तालिम लिएकी थिइन् । तालिमले उनलाई आत्मनिर्भर मात्र बनाएको छैन, एउटा सफल महिला उद्यमीको रुपमा परिचित पनि गराएको छ । उनको उद्योगमा अहिले महिला र पुरुषले लगाउने चुत्ता–चप्पल उत्पादन हुने गरेका छन् । अहिले उनले जुत्ता–चप्पल बनाउने प्रशिक्षण पनि दिँदै आएकी छिन् । उद्यमशील महिला उत्पादन गर्न उनले देशैभरि तालिम दिँदै आएकी छिन् । ‘आफूजस्तै महिला दिदी–बहिनीहरूलाई उद्यमशीलतर्फ अगाडि बढाउन तालिम दिँदै देशभरि पुगिसकेकी छु,’ उनले भनिन् ।
प्रशिक्षक भएपछि उनी घरेलु तथा साना उद्योग कार्यालयबाट प्रशिक्षण दिनका लागि पोखरा, ओखलढुङ्गा, धरान, काठमाडौं, बूढीगंगा गाउँपालिका, विराटनगर, हेलभिटास नेपालबाट पोखरा र केयर नेपाल संस्थाबाट नवपरासी र पकली सुनसरीस्थित सशस्त्र प्रहरीको गुल्ममा पुगिसकेकी छन् । प्रशिक्षणकै क्रममा व्यावसायिक सीप विकास तथा तालिम केन्द्रको सहकार्यमा ओखलढुङ्गा कारागारभित्रका कैदी महिलाहरूलाई पनि तालिम दिइसकेकी छिन् । उनले उत्पादन गरेको जुत्ता–चप्पलको प्रदर्शनीमा पनि लैजाने गरेकी छिन् । विभिन्न जिल्लामा हुने प्रदर्शनीमा बोलाउने गरेको उनले बताइन् ।
चन्दामाथि कुनैबेला जुत्ता बनाउने काम किन गरेको भनेर सवाल उठ्ने गथ्र्यो । ‘बाहुनकी छोरीले जुत्ता–चप्पल बनाउन हुँदैन भन्ने परम्परा थियो । त्यो तोडर म व्यवसायमा लागेकी हुँ,’ उनले भनिन् । यसप्रति चित्त दुःखेको बताउने चम्पा अहिले सबैको धन्यवाद र उदाहरणकी पात्र बनेकी छिन् । चम्पाको उद्योगबाट कपडा, रेजिन, छाला, ढाका, अल्लो, पार्टीवेयर सबैखाले जुत्ता–चप्पल तयार हुन्छन् । उनी निरन्तरता, मेहनत र दुढ इच्छाशक्ति नै सफलताको सुत्र रहेको बताउँछिन् । यसर्थ त उनी इच्छाशक्ति भएका, मेहनत गर्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका महिलालाई निःशुल्क तालिम दिँदै आएकी छिन् । अहिले उनको सू–सेन्टरमा ७ महिला र २ पुरुष (पार्टटाइम) कार्यरत छन् ।
घरायसी सामग्री उत्पादन गर्दै आएकी सुनिता
विराटनगर–८ की सुनिता छाराहाङ पनि सफल उद्यमी महिला हुन् । उनले होमबेकरको सामानहरू उत्पादन गरी स्वदेश र विदेशमा निर्यात गर्दै आएकी छिन् । उनले जुट, मकैको खोस्टा र कुशबाट घरमा सजावटका घरायसी सामग्री बनाउने गरेकी छिन् । स्थानीय कच्चा पदार्थ नै प्रयोग गरेर उनले घरायसी सामग्री उत्पादन गरेर बेच्ने गरेकी छिन् । कुसन, डोर म्याटदेखि लिएर फूट म्याट, वाल हेगिङ, टी म्याट र चाबी लगाउने किरिङसम्म बनाउने गरेकी छिन् ।
वातावरणमैत्री घरायसी सामग्रीहरू उत्पादन गर्दै आएकी सुनिताले खेर गइरहेका वस्तु बनेका सामग्री उनी बाह्य देशमा समेत निर्यात गर्छिन् । उनी पढेलेखेकी महिला हुन् । उनले बीएलसम्मको अध्ययन गरे पनि जागिर खाइनन् ।
लकडाउन हुनुभन्दा अगाडि सुनितासहित अन्य साथीहरू मिलेर मसला उद्योग चलाएका थिए । बजारको समस्याका कारण उनले भने उद्योगबाट हात झिकिन् । बजारमा ठूलो लगानीसँग प्रतिस्पर्धा गर्न नसकेपछि साथीहरूसँग सल्लाह गरेर नै उद्योगबाट हात झिकेको उनले बताइन् । आफूले उत्पादन गरेका सामग्रीको मूल्य बढाउन नमिल्ने तर कच्चा पदार्थको मूल्य चाहिँ पटक–पटक बढ्ने गरेपछि उद्योग सञ्चालनमा समस्या आएको उनी बताउँछिन् ।
सुनिताले खेर जाने मकैका खोस्टाबाट चिटिक्क परेका विभिन्न घरायसी सामग्री उत्पादन गर्ने गर्छिन् । खोस्टा विराटनगरमा नपाउने भएकोले अन्य क्षेत्रबाट ल्याउने गरेको उनी बताउँछिन् । ‘विदेशबाट कच्चा पदार्थ मगाउँदिन । आफ्नै सिर्जनशीलता प्रयोग गर्छु,’ उनी भन्छिन्, ‘घरमै बसेर काम गर्छु । धेरै लगानी पनि छैन । यसैमा आत्मसन्तुष्टि छु ।’ सुनिताले कच्चा पदार्थ दिएर अन्य महिलालाई पनि उद्यमी बनाएकी छिन् । उनीहरूलाई डिजाइन सिकाउने काम पनि उनैले गर्छिन् ।
उद्योगका नाममा उनीसँग कुनै मशिन भने छैन । सबैभन्दा ठूला मशिन सियो–धागो नै हो । सुनिताले दुई जनालाई मासिक तलब दिएरै काममा लगाएकी छिन् । ३० जनालाई शीप पनि सिकाएकी छिन् । सिकाएकामध्ये ८ जनाले नियमित घरमै काम गरिरहेको उनले बताइन् । साथै सुनिताले अरूले उत्पादन गरेका सामग्री खरिदसमेत गरिदिने गरेकी छिन् ।
सुनिताले उत्पादन गरेको सामग्रीको माग बढ्दो छ । माग अनुसारको सामग्री उपलब्ध गर्न नसकिरहेको उनी बताउँछिन् । धेरै माग विराटनगरबाटै नै आउने गरेको उनले सुनाइन् । सुनिता नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङको निर्वतमान अध्यक्ष पनि हुन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...