×

NIC ASIA

जेएनयू विद्यार्थी संघको चुनावमा वामपन्थीको वर्चश्व कायमै, एबीभीपी अध्यक्षसहित चारै पदमा पराजित

काठमाडाैं | चैत १२, २०८०

Prabhu Bank
NTC
तस्वीर: बीबीसी हिन्दी
Premier Steels

भारतको जवाहरलाल विश्वविद्यालयको विद्यार्थी युनियनको निर्वाचनमा फेरि वामपन्थी विद्यार्थी संगठनले जीत हासिल गरेको छ । यसपटक पनि वामपन्थी संगठन मिलेर चुनाव लडेका थिए । जेएनयू निर्वाचन समितिका अध्यक्ष शैलेन्द्र कुमारका अनुसार विद्यार्थी संघमा धनञ्जय अध्यक्ष, अभिजित घोष, महासचिवमा प्रियंशी आर्य र सहसचिवमा मोहम्मद साजिद विजयी भएको बीबीसी हिन्दीले जनाएको छ । 

Muktinath Bank

अध्यक्ष पदमा अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) का धनन्जयले अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) का उमेशचन्द्र अजमिरालाई पराजित गरेका हुन् । धनञ्जयले २५९८ र उमेशचन्द्र अजमिराले १६७६ मत पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्षमा स्टुडेन्ट्स फेडरेशन अफ इन्डियाका अभिजित घोष निर्वाचित भएकी छन् । उनले २४०९ मत पाएकी छन् भने एबीभीपीकी दीपिका शर्माले १४८२ मत पाएकी छिन् ।


Advertisment
Nabil box
Kumari

महासचिवमा बिरसा अम्बेडकर फुले विद्यार्थी संघ (बाप्सा)की प्रियंशी आर्य विजयी भएकी छन् । उनलाई वाम संगठनको समर्थन थियो । उनले २८८७ मत पाइन् । जबकि एबीभीपीका अर्जुन आनन्दले १९६१ मत प्राप्त गरे।

Vianet communication

यसबाहेक यस पटक संयुक्त सचिव पदमा अखिल भारतीय विद्यार्थी महासंघ (एआईएसएफ) का मोहम्मद साजिद विजयी भएका छन् । उनले २५७४ मत प्राप्त गरेका छन् । एबीभीपीका गोविन्द डाँगीले २०६६ मत प्राप्त गरेका छन् ।

जेएनयूमा पछिल्लो विद्यार्थी संघको चुनाव २०१९-२० मा भएको थियो, जसमा पनि वामपन्थी संगठनहरूले जित हासिल गरेका थिए । जेएनयू विद्यार्थी संघको स्थापना भएदेखि नै यसमा वामपन्थी विचारधाराका विद्यार्थी संगठनहरूको प्रभुत्व रहेको छ । हालसम्म भारतीय विद्यार्थी महासंघले २२ पटक अध्यक्ष पद जितेको छ भने अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) ले ११ पटक अध्यक्ष पद जितेको छ । त्यसैगरी, आरएसएसको विद्यार्थी संगठन एबीभीपीले अहिलेसम्म एक पटक मात्र अध्यक्ष पद जितेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x