×

NIC ASIA

उत्तर कोरियाली नेता किमलाई जापानी प्रधानमन्त्री किशिदाको आग्रह– शिखर वार्ता गरौँ

काठमाडाैं | चैत १२, २०८०

Prabhu Bank
NTC
Premier Steels

सियोल–जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । 

Muktinath Bank

जापानी प्रधानमन्त्री किशिदाले आफ्ना दाजुसँग शिखर वार्ता गर्न अनुरोध गरेको उत्तर कोरियाली नेता किमकी बहिनी जोङले सोमवार पुष्टि गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका छन् । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताएका थिए ।

Vianet communication

उत्तर कोरियाको समाचार संस्था (केसीएनए)ले नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, ‘जापानका प्रधानमन्त्री किशिदाले नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको छ ।’

उत्तर कोरियाली नेता किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमणका लागि प्योङयाङले निमन्त्रणा दिन सक्ने सङ्केत गरेका थिए । 

उनले भने, ‘टोकियोको तर्फबाट ठोस नीतिगत परिवर्तन बिना, गलत बुझाइ र अविश्वासले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव रहेको उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले पाठ सिकाएको छ ।’

उनले जापान अपहरणको मुद्दामा तल्लीन रहने हो भने किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताए । किशिदाले केसीएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने सोमबार बताउनुभएको तर उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई ‘महत्वपूर्ण’ भनेका थिए । 

सन् १९७० र १९८० को दशकमा भएका अपहरणका घटनालाई सङ्केत गर्दै किशिदाले संसद्मा भने, ‘जापान–उत्तर कोरिया सम्बन्धका लागि अपहरणको मुद्दाजस्ता समस्या समाधानका लागि उच्चस्तरीय वार्ता महत्वपूर्ण छ । यही कारण हामीले उत्तर कोरियासँग प्रत्यक्ष रूपमा पदीय हैसियत अनुसार विभिन्न दृष्टिकोण बनाइरहेका छौं र यसबारे मैले विगतमा बिषयहरूलाई राखिसकेको छु ।  

उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गर्न समूहहरू पठाएको प्योङयाङले सन् २००२ मा स्वीकारेको थियो । जापानमा अपहरणका ती घटनाहरूलाई शक्तिशाली र भावनात्मक मुद्दाको रूपमा हेरिन्छ । 

आधिकारिक रूपमा पहिचान गरिएकोभन्दा धेरै अपहरण गरिएको हो कि भन्ने शङ्का कायमै छ । विश्लेषकहरूले लामो समयदेखि यस विषयमा विवादले किशिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पुग्न सक्ने बताउँदै आएका छन् । सियोलस्थित ‘कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसन’का वरिष्ठ विश्लेषक होङ मिनले एएफपीसँग भने, ‘उत्तर कोरियाको यो भनाइ प्योङयाङले दुई देशका नेताबीच भविष्यमा हुने कुनै पनि शिखर सम्मेलनका लागि वार्ता गर्ने प्रयास गरेको जस्तो देखिन्छ ।’

उनले थपे, ‘यो प्योङयाङको वार्ता गर्नका लागि शिखर सम्मेलन पूर्वशर्तहरू निर्धारण गर्न जापान कत्तिको गम्भीर छ भनेर परीक्षण गर्ने तरिका हो ।’

जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ मा प्योङयाङको ऐतिहासिक भ्रमण गरी किमका पिता किम जोङ इलसँग भेट गरेका थिए । 

यस भ्रमणले पाँचजना जापानी नागरिकहरूको फिर्ती र कोइजुमीको अनुवर्ती भ्रमणको नेतृत्व गरेको थियो तर उत्तर कोरियाले अपहरण पीडितहरूको बारेमा स्पष्ट कुरा नआउने टोकियोको चिन्ताको कारण कूटनीति चाँडै बिग्रिएको थियो ।

नेता किमकी बहिनी जोङले भनिन्, ‘किशिदाले चाहेको र निर्णय गरेको अवस्थामा हाम्रो राज्य नेतृत्वलाई भेट्न असम्भव छ भनेर सोच्नु पर्दैन ।’

‘यदि जापान वास्तवमै द्विपक्षीय सम्बन्ध सुधार गर्न चाहन्छ र उत्तर कोरियाको नजिकको छिमेकीको रूपमा क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्न योगदान गर्न चाहन्छ भने उसले आफ्नो समग्र हितअनुरूप रणनीतिक विकल्पका लागि राजनीतिक निर्णय लिन आवश्यक छ, उनले थपिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x