×

NMB BANK
NIC ASIA

स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Muktinath Bank

पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड महामारीको समयमा कोशी प्रदेशमा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको पाइएको भन्दै मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले बताए ।


Advertisment
Nabil box
Kumari

मोरङको कोशी अस्पताल कोभिड-१९ केन्द्र, विराटनगरमा स्वास्थ्य उपकरण जडान तथा सञ्चालन गर्न सामग्री खरिदको लागि स्वास्थ्य निर्देशनालय धनकुटाले बोलपत्र आह्वान गरेको थियो ।

Vianet communication

बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले मेहतासहित बायोमेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, हस्पिटेकका सञ्चालक विशाल पण्डित र हस्पिटेकक बजार व्यवस्थापक मनोजकुमार आचार्यलाई जनही २  करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

पेश भएका कुनै पनि बोलपत्र सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा तयस्तो नगरेको अभियोगपत्रमा उल्लेख छ ।

योग्यता पूरा गरेको भनी प्राविधिक दृष्टिकोणबाट प्रक्रिया पूरा नभएको बोलपत्रलाई प्रक्रिया पूरा भएको भनी मूल्याङ्‍कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदनको आधारमा टेन्डर दिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

बोलपत्र मूल्याङ्‍कन समितिको बैठकले बोलपत्रमा रहेको भिन्नता खुलाउनुपर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल सबैभन्दा बढी रकम कबोल गर्ने हस्पिटेकद्वारा पेश भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरी/गराई उपकरण खरिद गरेको अभियोगपत्रमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x