×

NMB BANK
NIC ASIA

सहकारी ठगी प्रकरण

हिरासतमा दीपेश पुन– प्रहरीले दिएकै खान्छन्, भेट्न आएका छैनन् ठूला नेता

बुटवल | चैत १९, २०८०

NTC
Premier Steels

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान जारी छ ।

Muktinath Bank

पुनसहित सहकारीको रकम हिनामिनामा जोडिएका ५ जनामाथि रूपन्देही प्रहरीले अनुसन्धान गरिरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत २ गते काठमाडौंमा पक्राउ गरी पुनलाई बुटवल ल्याइएको थियो । रूपन्देही प्रहरीले सहकारी रजिस्ट्रार र कम्पनी रजिस्ट्रार कार्यालयबाट मगाइएको विज्ञ टोली र सीबीआईको सहायतामा अनुसन्धान गरिरहेको छ ।  


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठोरले दीपेशसँगै सहकारीमा जोडिएर पक्राउ परेका सबैमाथि विभिन्न ‘एंगल’ बाट अनुसन्धान भइरहेको लोकान्तरलाई बताए । 

Vianet communication

दीपेशलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखेर अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार बयानका क्रममा दीपेशले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको बताएका छन् ।

दीपेशले बचतकर्ताको रकम दुरूपयोगमा आफ्नो संलग्नता नभएको बताइरहेको प्रहरी स्रोतले बतायो । सहकारीका वर्तमान पदाधिकारी संलग्न होलान्, तर आफू यो लफडामा जोडिएको छैन भनेर दीपेशले पटक–पटक बताएको स्रोतले जानकारी दियो । 

सुप्रिमले बचतकर्ताको करोडौं रकम अपचलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले बचतकर्ताको उजुरी र सहकारी प्रतिवेदनका आधारमा सहकारी ठगी प्रकरणमा अहिलेसम्म पाँचजना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले गत फागुन ४ गते सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेयलाई पक्राउ गरेको थियो । 

त्यस्तै, सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान भइरहेको छ ।

सुप्रिम सहकारीको सचिव रहेका रम्तेल र अर्याल पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा थिए । 

गुरुङले आफू अध्यक्ष भए पनि बुटवल शाखा व्यवस्थापकमा सागर केसीको हस्ताक्षर चल्ने हुँदा यसको रकम काठमाडौं पठाउने गरेको बयानका क्रममा बताएका थिए ।

इप्रका बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले अनुसन्धानसँगै प्रमाण खोजीमा प्रहरी लागिरहेको बताए । 

‘कसले भनिरहेका छन् भन्दा पनि प्रहरी प्रमाण जुटाउँदै अनुसन्धान लागेको छ, सबै कुरा बिस्तारै आउँछ,’ डीएसपी पण्डितले लोकान्तरसँग भने । 

सुप्रिम सहकारीबाट ऋण लिएका व्यक्तिहरूलाई पनि बोलाएर अनुसन्धान भइरहेको पण्डितको भनाइ छ । सुप्रिमबाट ऋण लिएका २५ जना प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरूलाई ऋण प्रवाहको विषयमा सोधपुछ गरिएको छ । डीएसपी पण्डितले अनुसन्धान प्रतिवेदन चाँडै बुझाउने गरी काम भइरहेको बताए । 

null

वि.सं. २०७२ फागुनको साधारणसभाबाट सुप्रिमको अध्यक्षमा गितेन्द्रबाबु (जीबी) राई र दीपेश पुन कोषाध्यक्ष चयन भएका थिए ।

बुटवलमा वि.सं. २०५७ सालमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर वि.सं. २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहामा रहेको छ ।  

वि.सं. २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए । पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको छ । 

null

राई अहिले फरार छन् । बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव रहेका पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए । पुन नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्वियुका केन्द्रीय महासचिव समेत हुन् । 

प्रहरीका अनुसार उनलाई भेट्न अहिलेसम्म कुनै ठूला नेता आएका छैनन् । जिल्ला तहका साथीभाइजस्ता नेताहरू आए पनि ठूला नेता नआएको प्रहरीले जनाएको छ ।

उनलाई हिरासतमा अन्य थुनुवा जस्तै व्यवहार गरिएको छ ।

प्रहरीले दिएको खाने कुरा खान्छन् । आफूहरूले बाहिरको खाने कुरा ल्याएर खान नदिएको डीएसपी  विजयराज पण्डित बताउँछन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x