×

NMB BANK
NIC ASIA

पछिल्लो ८ महिनाको आर्थिक स्थितिः करिब १९ खर्ब वैदेशिक संचिति, २१ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडाैं | चैत २२, २०८०

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै वैदेशिक संचिति हालसम्मकै उच्च १८ खर्ब ७२ अर्ब रहेको जनाएको छ ।

Muktinath Bank

उक्त संचितिले १४ दशमलव ८ महिनाका लागि वस्तु तथा १२ दशमलव ४ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो आर्थिक वर्षको यही समयको तुलनामा रेमिट्यान्स २१ प्रतिशतले बढेको उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

’विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ,’ तथ्यांकमा भनिएको छ, ’शोधनान्तर स्थिति रू ३ सय २७ अर्ब ५५ करोडले बचतमा रहेको छ ।’

Vianet communication

त्यस्तै समग्र व्यापार घाटा २ दशमलव ५ प्रतिशतले कम भएको राष्ट्र बैंकले जनाएको छ । 

’वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको र आयात २ दशमलव ७ प्रतिशत, निर्यात ४ दशमलव शून्य प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ५ प्रतिशतले घटेको छ,’ तथ्यांकमा भनिएको छ ।

कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल सरकारको खर्च रू ८ खर्ब ०१ अर्ब ५८ करोड रहेको छ भने राजस्व परिचालन रू ६ खर्ब ३९ अर्ब ५ करोड रहेको छ ।

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ दशमलव ६ प्रतिशतले बढेको जनाएको छ । र, निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव २ प्रतिशतले बढेको पाइएको छ । 

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५ दशमलव २ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x