×

NMB BANK
NIC ASIA

म्यान्माको जुन्ताद्वारा साझा सीमा नजिकै ‘विशेष’ उडानका लागि अनुरोध

काठमाडाैं | चैत २६, २०८०

NTC
Premier Steels

नजिकैको एउटा महत्त्वपूर्ण सीमा केन्द्रमा झडपहरू भएपछि म्यान्माको जुन्ताले थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन अनुरोध गरेको थाई विदेश मन्त्रालयले सोमबार बताएको छ । 

Muktinath Bank

म्यान्मामा हालैका महिनामा आन्तरिक द्वन्द्व बढेको छ । सन् २०२१ को सैन्य विद्रोहमा लोकतान्त्रिकरूपमा निर्वाचित सरकारबाट सत्ता हत्याएको सेनाविरुद्ध विरोधी शक्तिहरूले मुलुकभर अग्रता हासिल गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्यान्माका पहिला लडाइँबाट अछूतो रहेका क्षेत्रहरूमा लगातार झडपहरू भइरहेका छन् । विश्लेषकहरूले बढ्दो झडपहरू जुन्ता शासनका लागि अहिलेसम्मको सबैभन्दा ठूलो खतरा हो भनेका छन् । 


Advertisment
Nabil box
Kumari

साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए । जुन्ताको वाणिज्य मन्त्रालयका अनुसार म्यावाडी तेस्रो सबैभन्दा व्यस्त ‘ल्यान्ड क्रसिङ’ हो । यहाँबाट पछिल्लो १२ महिनामा करिब एक अर्ब १० करोड डलरको सामानहरू ओसारपसार भएको थियो । 

Vianet communication

म्यान्माको एउटा उडान आइतबार माई सोट विमानस्थलमा अवतरण गरेको र ‘मानवीय आधार’ मा अनुरोध स्वीकार गरिएपछि सोही दिन फर्किएको विदेश मन्त्रालयले विज्ञप्तिमा पुष्टि गरेको छ । बैङ्ककमा म्यान्माको दूतावासले अप्रिल ६ मा आगामी तीन दिनमा ‘यात्रीहरू र कार्गो’ ओसार्न तीन ‘विशेष’ याङ्गुन–माई सोट उडानको अनुमति मागेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयका प्रवक्ताले उडानका बारेमा थप जानकारी दिन अस्वीकार गरे । आइतबारको उडानपछि बाँकी उडान रद्द गरिएको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा थप कुनै विवरण दिइएको छैन । 

थाइल्यान्डले थाई–म्यान्मा सीमामा स्थितिको नजिकबाट निगरानी गरिरहेको र ‘शान्ति, व्यवस्था र नागरिकहरूको सुरक्षा कायम गर्न आवश्यक कारवाही गर्नका लागि तयार रहेको’ विज्ञप्तिमा उल्लेख छ । 

स्थानीय सञ्चारमाध्यमद्वारा लिइएको एक भिडियोमा केही सशस्त्र कारहरूमा नजिकैको दूरीमा पाल र अव्यवस्थित अस्थायी आश्रय बनाएर थाई सैनिकहरूले सीमामा गस्ती गरिरहेको देख्न सकिन्छ । 

यसअघि उडानका बारेमा सोधिएको प्रश्नमा थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकारहरूसँग भने, “उडान हतियारको ढुवानी वा सैन्यकर्मीहरूका लागि थिएन ।” उनले विमानले ‘नागरिक कामदार’लाई मात्र बोकेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x