कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडाैं | चैत २७, २०८०
याङ्गुन–म्यान्मारको जुन्ता सरकारले मङ्गलवार आफ्नो मानवअधिकार रेकर्डका बारेमा संयुक्त राष्ट्रसङ्घको ‘एकतर्फी आरोपहरूको’ आलोचना गरेको छ । साथै उसले सङ्घर्षग्रस्त आफ्नो मुलुकमा राष्ट्रसङ्घको नयाँ विशेष दूतको भर्खरैको नियुक्तिसम्बन्धमा आधिकारिक सञ्चार प्राप्त नभएको बताएको छ ।
छोटो लोकतान्त्रिक प्रयोग समाप्त गर्दै सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेदेखि जातीय विद्रोही समूहहरू र सैन्य विद्रोहविरोधी लडाकूहरूसँगको झडप शुरू भएपछि म्यान्मार अहिले अशान्त छ ।
जुन्ताले राष्ट्रसङ्घ र दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) गुटले आफू र आफ्ना विरोधीहरूबीच संवाद स्थापित गर्ने प्रयास गरेकामा आक्रोशित प्रतिक्रिया दिएको छ । उसले विरोधीहरूलाई ‘नष्ट’ गर्ने वाचा गरेको छ ।
गत साता राष्ट्रसङ्घीय अधिकार परिषद्ले म्यान्मामा ‘भयानक र व्यवस्थित मानवअधिकार उल्लङ्घन’ को निन्दा गर्दै एउटा प्रस्ताव पारित गरेको छ । परिषद्ले मानवीय सहायतामा जुन्ताको ‘पूर्ण नियन्त्रण’को पनि आलोचना गरेको छ । प्रस्तावमा २५ लाखभन्दा धेरै नागरिकलाई विस्थापित गर्ने गरी यसले सङ्कटलाई बढाइरहेको बताइएको छ ।
‘उक्त प्रस्तावमा निराधार र एकतर्फी आरोप लगाइएको छ,’ जुन्ताको विदेश मन्त्रालयले ग्लोबल न्यू लाइट अफ म्यान्मा अखबारमा प्रकाशित एक विज्ञप्तिमा भनेको छ, ‘यसैले म्यान्मा स्पष्टरूपमा यो प्रस्तावलाई अस्वीकार गर्दछ ।’
विज्ञप्तिमा राष्ट्रसङ्घले गत साता मुलुकमा राष्ट्रसङ्घका लागि विशेष दूतको नियुक्तिका सम्बन्धमा ‘म्यान्मारलाई कुनै आधिकारिक सञ्चार नगरेको’ बताइएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अस्ट्रेलियाका पूर्वविदेशमन्त्री जुली बिशपलाई उक्त पदमा नियुक्त गरेका छन् ।सन् २०२३ जुनमा नोएलिन हेजर प्रस्थान गरेपछि उक्त पद खाली छ ।
सिङ्गापुरका समाजशास्त्री हेजरलाई सेनासँग विरोधी समूहहरूसँग राजनीतिक छलफलमा सहभागी हुन र आङ सान सुकीको सरकार अपदस्त गरेपछि शुरू भएको रक्तपातपूर्ण कारवाही अन्त्यका लागि आग्रह गर्ने काम सुम्पिएको थियो ।
उनले सन् २०२२ मा म्यान्माको भ्रमण गरेर जुन्ता प्रमुख मिन आङ ह्लाइङ र अन्य शीर्ष सैन्य अधिकारीहरूसँग भेट गरे । अधिकार समूहहरूले उक्त भेटलाई जनरलहरूलाई उधारो वैधता दिएको रूपमा आलोचना गरेका थिए ।
यद्यपि हेजरलाई हिरासतमा राखिएकी लोकतन्त्रवादी नेता सुकीसँग भेट गर्न अस्वीकार गरियो र पछि जुन्ता अधिकारीहरू आफूहरूसँग गरिएको कुराकानीप्रति हेजरले ‘एकतर्फी विज्ञप्ति’ जारी गरेको आरोप लगाउँदै आक्रोशित भएका थिए ।
त्यसपछि उनले सुकीसँग भेट गर्न अनुमति नदिएसम्म पुनः म्यान्मारको भ्रमण नगर्ने वाचा गरे । सुकीले हाल बन्द कोठामा जुन्ता अदालतले सुनाएको २७ वर्षको कारागार सजाय काटिरहेका छन् ।
म्यान्मारका लागि राष्ट्रसङ्घका दूत क्याव मो तुनलाई सुकीको सरकारले नियुक्त गरेको थियो । उनले अब मुलुकको प्रतिनिधित्व नगर्ने जुन्ताले आग्रह गरेको भए पनि तुनले आफ्नो पद छाड्न अस्वीकार गरेका छन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...