×

NMB BANK
NIC ASIA

युरोकप टोलीमा खेलाडीको सङ्ख्या २६ नै कायम राख्ने यूईएफएको तयारी

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

युरोपेली फूटबल महासंघ (यूईएफए)ले युरोपियन च्याम्पियनसिप (युरोकप)मा सहभागी हुने टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी गरिरहेको छ ।

Muktinath Bank

यूईएफएले यसअघि सन् २०२१ मा भएको युरोकपमा राखिएको २६ खेलाडीको स्क्वाडलाई निरन्तरता दिन लागेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विषयमा यूईएफएले यसै वर्षको जुन र जुलाईमा जर्मनीमा हुन गइरहेको युरोकपमा सहभागी २४ टोलीका प्रशिक्षकहरूसँग पनि छलफल गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

छलफलका क्रममा विभिन्न सुझाव आएको र टोलीमा खेलाडीको सङ्ख्या २६ राख्नु उपयुक्त हुने सुझाव धेरै प्राप्त भएको यूईएफएले जनाएको छ ।

Vianet communication
Laxmi Bank

‘यस विषयमा अर्को सातासम्ममा ठोस निर्णय आइसक्ने छ,’ यूईएफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ अघिको संस्करणमा प्रत्येक राष्ट्रले आफ्नो टोलीमा २३ जना खेलाडीमात्र समावेश गर्न पाउँथे । सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना भाइरसका कारण एक वर्षपछि सरेको थियो । कोरोनाकै कारण सन् २०२१ मा भएको प्रतियोगितामा पहिलोपटक २६ खेलाडी समावेश गरिएको थियो । अब त्यसैलाई कायम राख्ने तयारी भएको हो ।

सन् २०२२ मा भएको विश्वकपमा पनि स्क्वाडमा २६ खेलाडी समावेश गरिएका थिए । 

इंग््ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट भने यसअघि टोलीमा २३ खेलाडी समावेश गर्नुपर्ने पक्षमा थिए ।

तर, अहिले २६ सदस्यीय टोली बनाउनु पर्ने पक्षमा उनी पनि सकारात्मक देखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

युरोकप प्रतियोगिता जर्मनीका विभिन्न १० वटा सहरमा खेलाउने कार्यक्रम रहेको छ । इटाली यसको साविक विजेता हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x