×

NMB BANK
NIC ASIA

नमुना संयुक्त राष्ट्रसङ्घीय अभ्यासको महासचिवमा अवाले

काठमाडाैं | चैत ३०, २०८०

NTC
Premier Steels

राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित चार दिवसीय नमुना संयुक्त राष्ट्रसङ्घीय अभ्यास -२०२४(NYCMUN-2024) सम्पन्न भएको छ। खुला अनलाइन आवेदनका आधारमा देशभरका  ७१ जिल्लाबाट  छनौट भएका १६-२४ उमेरका २०० जना युवा कार्यक्रममा सहभागी थिए । नमुना संयुक्त राष्ट्रसङ्घको महासचिवको भूमिका ललितपुरकी नुज्जु अवालेले निर्वाह गरेकी थिइन्।

Muktinath Bank

सानो ठिमी भक्तपुर स्थित एसओएस वालग्राम हाताभित्र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विधिवत् समारोहका विच कार्यक्रमको उद्घाटन गरेका थिए ।  सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्रसङ्घको अभ्यासले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। बिहीबार कार्यक्रमको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। मन्त्री श्रेष्ठले युवा स्वरोजगार र सशक्तीकरण मन्त्रालयको मुख्य ध्यान रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त  राष्ट्रसङ्घको नेपाल स्थित आवासीय कार्यालयको तर्फबाट संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरूले राष्ट्रसङ्घीय अभ्यास बुझ्नु अत्यन्तै आवश्यक रहेको बताइन्। लबेले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् ।  राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूलाई राष्ट्रसङ्घीय अभ्यास , दिगो विकास लक्ष्य, कूटनीतिक आयाम , साझा अन्तर्राष्ट्रिय सवालहरू, जलवायु परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको बताए।


Advertisment
Nabil box
Kumari

चार दिने कार्यक्रममा सहभागी युवालाई विभिन्न छ वटा समितिमा विभाजन गरि अलग अलग विषयमा छलफल तथा अभ्यास गराइएको थियो ।  संयुक्तराष्ट्र संघ अन्तर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति , आर्थिक तथा वित्तीय समिति समिति, अन्तर्राष्ट्रिय प्रेस समिति जस्ता फरक फरक क्षेत्रमा युवाहरूले अभ्यास गरेका थिए । उपरोक्त समितिहरूमा सांसद सुनिता बराल, बैङ्कर्स तथा उद्यमी अनिल केशरी शाह, भाइराजा पाण्डे, सुनिल शर्मा, रौनिक राज अर्याल लगायतले विषयगत सहजिकरण समेत गरेका थिए ।

Vianet communication

कार्यक्रममा विश्व वन्य जन्तु कोषका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ,  एसओएस् वालग्रामका राष्ट्रिय निर्देशक डा.गंगावहादुर गुरुङ् , युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार निर्देश सिलवाल, परिषद् सदस्य सजिना थापा मगर, प्रशासकीय प्रमुख दिनेश घिमिरे, क्रियजन का अध्यक्ष आनन्द भिश्र,  युथ थिङ्कर्स सोसाइटिका क्षितिज भट्टराई लगायतले शुभकामना दिएका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x