×

NMB BANK
NIC ASIA

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

काठमाडाैं | बैशाख १, २०८१

NTC
Premier Steels

धेरै वर्षपछि सहयोगीहरूबीचको सबैभन्दा उच्चस्तरीय बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन र चीनका शीर्ष विधायकले शनिबार बेइजिङ–प्योङयाङबीचको सम्बन्धमा एउटा ‘नयाँ अध्याय’ को स्वागत गरेका छन् ।

Muktinath Bank

    चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उनको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ । 


Advertisment
Nabil box
Kumari

बेइजिङको सरकारी समाचार समिति सिन्ह्वाका अनुसार झाओले शुक्रबार प्योङयाङमा ‘चीन–लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया मित्रता वर्ष’ को उद्घाटन समारोहमा सहभागी भएपछि किमसँग भेट गरे । सिन्ह्वाका अनुसार झाओले किमसँग ‘उत्तर कोरियासँगको विकास सम्बन्धलाई बलियो बनाउन र द्विपक्षीय सहयोगलाई गहिरो बनाउन’ चीन इच्छुक रहेको बताए । 

Vianet communication

झाओले किमसँग भने, “चीन नयाँ परिणाम प्राप्त गर्न, बलियो आपसी समर्थन जारी राख्न र दुवै पक्षका साझा हितहरूको रक्षा गर्नका लागि द्विपक्षीय व्यावहारिक तथा पारस्परिकरूपमा लाभदायक सहयोगलाई बढाउन इच्छुक छ ।”
    
सिन्ह्वाका अनुसार जवाफमा किमले झाओसँग उत्तर कोरिया ‘परम्परागत मित्रतालाई गहिरो बनाउन र कोरिया–चीन सम्बन्धमा नयाँ अध्याय लेख्न’ इच्छुक रहेको बताए । 

सिन्ह्वाले प्रकाशित गरेको एक तस्बिरमा झाओ र किम मुस्कुराउँदै हात मिलाएको देखिएका छन् । राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x