×

NIC ASIA

इजरायलमाथि इरानको आक्रमण अपडेट

इजरायली सैन्य शिविरमा सामान्य क्षति, एक बालिका घाइते

काठमाडाैं | बैशाख २, २०८१

Prabhu Bank
NTC
Premier Steels

इरानले इजरायलमा गरेको आक्रमणबाट दक्षिणी क्षेत्रको एक सैन्य शिविरमा सामान्य क्षति भएको इजरेली सेनाले जनाएको छ ।

Muktinath Bank

एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक १० वर्षीया बालिका घाइते भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैजसो हमलालाई आफ्नो ‘एरो’ हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारसँगको साथमा इजरायली भूमि पार गर्नु अगावै निस्तेज पारिएको इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

ड्रोन हमलाहरू अझै नरोकिएको जनाइएको छ ।

Vianet communication

इरानले शनिवार राति इजरायलका तेल अभिभ र जेरुसेलममा २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको छ । 

गत अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । सो आक्रमणबाट सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो । सो क्रममा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत मारिएका थिए ।

त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो । सोहीअनरुप शनिवार राति स्थानीय समयअनुसार १ः४५ बजे इरानले इजरायलमा आक्रमण गरेको हो ।

गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता मध्यपूर्वमा तनाब छ । गाजामा युद्ध जारी छ । यसमा इरान पनि संग्लग्न भएसँगै यसले झनै उग्ररुप लिने संकेत देखिएको छ ।  

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले इरानले इजरायलमाथि गरेको आक्रमणको आक्रमणको निन्दा गर्दै विश्वले अर्को युद्ध सहन नसक्ने चेतावनी दिएका छन् ।

उनले शनिवार राति वक्तव्य जारी गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल पनि गरेका छन् ।

‘म विनाशकारी युद्धको खतराबारे चिन्तित छु । म सबै पक्षलाई मध्यपूर्वमा धेरै मोर्चाहरूमा ठूलो सैन्य टकराव निम्त्याउन सक्ने कुनै पनि कार्यबाट बच्न अधिकतम संयम अपनाउन आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘मैले बारम्बार जोड दिएको छु कि न त मध्यपूर्व न त विश्वले अर्को युद्ध सहन सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x