×

NMB BANK
NIC ASIA

हिउँदे अधिवेशन अन्त्य

संसद्को विधेयक अधिवेशनः ७० दिनमा २३ बैठक, ३ विधेयक पारित

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

विधेयक अधिवेशनको रूपमा चिनिने संघीय संसद्को हिउँदे अधिवेशनमा प्रतिनिधिसभाले जम्मा ३ वटा विधेयक मात्र पारित गरेको छ । २०८० माघ २२ गते शुरू भइ २०८१ वैशाख २ गते समापन भएको अधिवेशनले ३ वटा कानून बनाएको हो । 

Muktinath Bank

७० दिन चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काममा व्यतित गरेको थियो । अधिवेशनबाट अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, खाद्य सुरक्षा तथा गुणस्तर विधेयक २०७७ पारित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै ‘सम्पत्ति सुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरी विधेयक पारित भएको छ । 


Advertisment
Nabil box
Kumari

कतिपय विधेयकहरू समितिमा दफावार छलफलका क्रममा रहेको र केही सामान्य छलफल भइसकेको सभामुख देवराज घिमिरेले बैठकलाई जानकारी गराए । तर, संसदको विधेयक अधिवेशनमा अपेक्षाकृत कानून पारित हुन सकेनन् । 

Vianet communication

अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले लगातार १० बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचना सुनाए । मष्तिस्कघातबाट बिरामी परेका नेकपा (एमाले)का सांसद वसन्त नेम्वाङ १२ वटा बैठक, थेरापी गराइरहेकी सांसद मनोरमा शेरचन १३ वटा बैठक र सोनम मुर्मू ११ बैठकमा अनुपस्थित रहेको सूचना जानकारी गराए । 

सभामुख घिमिरेले संसद्को आगामी अधिवेशनमा दलहरूबीच सहमति जुट्ने विश्वास व्यक्ति गरे । उनले बैठकमा अधिवेशन अन्त्य सम्बनधी राष्ट्रपतिले पढाएको पत्र पढेर सुनाएका थिए । 

यसअघि सरकारले आइतवार रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलई सिफारिस गरेको थियो । संसदीय छानबिनको प्रश्नबाट भागेर सरकारले अधिवेशन अन्त्य गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x