कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतवार बताएको छ ।
'शुक्रवारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ', विभागका प्रवक्ता जनान सायेकले भने, 'दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ ।'
सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् ।
करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमिटर सडक भत्किएको छ र करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ ।
मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्यरूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको छ र किसानहरूलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको छ ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि गरिब अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ ।
फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमापातपछि गएको पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्र सङ्घले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...