×

NMB BANK
NIC ASIA

चुनावको मुखमा पार्टी फेरबदलको लहर, पति एउटा पार्टीमा पत्नी अर्कोमा !

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, ३१ असोज – तराई मधेसका जिल्लामा स्थानीय तहको निर्वाचनअघि एउटा पार्टीबाट उम्मेदवार हुनेहरू अहिले भने प्रदेश सभा र संघीय संसदको निर्वाचन हुनुअघि धमाधम पार्टी परित्याग गर्दै अर्को नयाँ पार्टीहरूमा प्रवेश गर्ने लहर चलेको छ ।

खास गरेर प्रदेश नम्बर दुईको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा स्थानीय तहका निर्वाचनमा गाउँपालिका, नगरपालिका र उप–महानगरपालिकामा अध्यक्ष, उपाध्यक्ष र मेयर तथा उपमेयरमा उठेका उम्मेदवारहरूको पार्टी परित्याग गर्ने र प्रवेश गर्ने लहर नै चलेको देखिएको छ ।

यसका अतिरिक्त माथि केन्द्रमा प्रमुख राजनीतिक दलहरूबीच वाम एकता तथा सहकार्य भएपछि तल भने आफ्नो भविष्य जोगाउनका निम्ति पनि पार्टी परित्याग गर्ने क्रम बढेको छ ।

पति एउटा, पत्नी अर्को पार्टीमा

माधवी रानी शाह राजपा नेपालका समानुपातिक सांसद हुन् । दोस्रो संविधान सभाको निर्वाचनमा सद्भावना पार्टीको तर्फबाट उनी समानुपातिक सांसद बन्न सफल भएका थिए । उनी अहिले पनि राजपा नेपालमै छन् । तर स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सांसद शाहका श्रीमान रमेश कुमार शाह भने संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

‘मेरो श्रीमती राजपामै रहनेछिन् । तर म भने आफ्नो राजनीतिक करियरका लागि फोरममा प्रवेश गरेको हो’ जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शाहले लोकान्तरसँग भने, ‘हामी श्रीमान श्रीमती भएपनि राजनीतिक स्वतन्त्रता छ । उनको करियर राजपामा छ भने मैले आफ्नो करियर बनाउन फोरममा प्रवेश गरेको हो ।’

हंसराज शाह नुनियार पेशाले व्यवसायी हुन् । जनकपुरमा हंसराज मिठाई पसल सञ्चालन गरेर धनाड्य बन्न सफल नुनियार असोज २ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट मेयर पदमा उठेका थिए ।

६ सय ५४ मत प्राप्त गरी नुनियार छैठौं स्थान प्राप्त गरेका थिए । जबकि, जनकपुर उपमहानगरपालिकामा मेयर पदमा निर्वाचित लालकिशोर शाहले २१ हजार ९ सय ३ र निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका मनोज कुमार शाह सुडीले ११ हजार १ सय ६४ मत प्राप्त गरेका थिए ।

तर स्थानीय निकायको निर्वाचन सकिए लगत्तै नुनियार अचानक नेपाली कांग्रेसमा प्रवेश गरे । ‘पेशाले व्यवसायी भएपनि राजनीतिमा आउने चाहना भएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले मेयरमा टिकट दिए । चुनाव पनि लडें । तर चुनावमा उक्त पार्टीबाट भने कुनै सहयोग नै भएन, त्यसैले कांग्रेस प्रवेश गरें’, उनी भन्छन् ।

अहिले आएर गच्छदार नै कांग्रेस प्रवेश गरेका छन् । अब राजनीति नै गर्नुछ भने कुनै ठुलो पार्टीमा लाग्नुपर्छ भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।

राकेश विक्रम शाह जनकपुरका भर्खरका युवा हुन् । स्थानीय तहको निर्वाचनमा शाह स्वतन्त्र भएर जनकपुर उपमहानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । शाहले २ हजार ४ सय ६८ मत मात्र ल्याउन सकेका थिए । उनी पाँचौ स्थानमा आएका थिए ।

बाबुरामको सिको, नयाँ शक्ति छाडेर कांग्रेसमा

उपमेयरमा राजपा नेपालकी रीता कुमारी मिश्रले १७ हजार १ सय ४७ मत ल्याएर निर्वाचित भएकी थिइन् भने नेपाली कांग्रेसकी निलमदेवी कर्ण १० हजार ६ सय ५ मत ल्याएकी थिइन् ।

शाह सुरुमा नयाँ शक्ति पार्टी नेपालका जनकपुर नगर संयोजक थिए । पार्टीले उपमेयरमा टिकट नदिने पक्का भएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तर स्थानीय तहको निर्वाचन सकिए लगत्तै शाह नेपाली कांग्रेसमा प्रवेश गरे ।

‘आफूसँग रहेका मतदाताहरूलाई संरक्षण गर्न कुनै न कुनै पार्टी प्रवेश गर्नु नै थियो । स्वतन्त्र भएर आगामी दिनमा राजनीति गर्न नसकिने हुनाले नेपाली कांग्रेस प्रवेश गरेको हो ।’, शाहले लोकान्तरसँग भने,‘नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो । धनुषामा त्यसको ठूलो संगठन छ । राजनीतिमा मैले आफ्नो करियर बनाउन नेपाली कांग्रेस नै उपयुक्त ठानेर कांग्रेसमा लागेको हो ।’

माओवादी छाडेर संघीय फोरममा

महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट रामजानकी यादवले उम्मेदवारी दिएका थिए । यादवले निर्वाचनमा १ हजार ५ सय ७८ मत मात्र ल्याएका थिए ।

राजपा नेपालका विनोदकुमार चौधरी २ हजार ७ सय ७५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका विक्रम चौधरीले १ हजार ८ सय ७३ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदवार यादव भने तेस्रो स्थानमा रहेका थिए । तर निर्वाचन सकिएपछि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीबीच बृहत् वाम एकताको ध्रुवीकरण भएपछि यादव नेकपा माओवादी केन्द्र परित्याग गर्दै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकामै अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका राहुलकुमार पाण्डेय पनि निर्वाचनपछि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पाण्डेयले ६ सय २३ मत प्राप्त गरेका थिए । पाण्डेय नेपाली कांग्रेसका नेता थिए । कांग्रेसले टिकट नदिएपछि बागी बनेका पाण्डेय निर्वाचन परिणामपछि फोरममा प्रवेश गरेका हुन् ।

‘नेपाली कांग्रेसले युवालाई अवसर कहिल्यै पनि दिँदैन । तर मधेसवादी दलहरूले स्थानीय तहको निर्वाचनमा यूवाहरूलाई समेत अवसर दिएको हुनाले संघीय समाजवादी फोरममा प्रवेश गरेको हो ।’, पाण्डेय भन्छन, ‘नेपाली कांग्रेसले पार्टीमा फर्किन नभनेको होइन ।’

नयाँ शक्ति छाडेर फोरम

डा.सुरेन्द्र कुमार यादव स्थानीय तहको निर्वाचनसम्म नयाँ शक्ति पार्टी नेपालका दुई नम्बर प्रदेशका प्रदेश संयोजक थिए । नयाँ शक्ति पार्टी नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा वाम एकता गरेपछि डा. यादव नयाँ शक्ति पार्टी परित्याग गर्दै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

डा. यादव मधेस आन्दोलन हुँदा प्रगतिशील नेपाल नामक सामाजिक संस्थाका संयोजक थिए । आन्दोलनमा उनले खाद्यान्न तथा राहत वितरण उक्त संस्था मार्फत गरेका थिए । आन्दोलन सकिएपछि डा. बाबुराम भट्टराईबाट प्रभावित भएर नयाँ शक्ति नेपालमा गएका थिए ।

मधेस आन्दोलन र मधेसी जनताको भावना विपरीत पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेसँग एकता गरेपछि पार्टी परित्याग गरेको भन्दै डा. यादव भन्छन, ‘नयाँ शक्ति पार्टीमा म प्रदेश नम्बर दुईको संयोजक बाहेक माथि क्याबिनेट सदस्य पनि थिएँ । वाम एकता सन्दर्भमा पार्टी भित्र कुनै सन्दर्भ नै नगरी भट्टराईले निर्णय लिएपछि मधेस आन्दोलन र मधेसी जनताको भावनालाई सम्मान गर्दै, आफ्नो राजनीतिक करियरलाई समेत जोगाउन तथा आउँदो प्रतिनिधि सभाको निर्वाचनमा सहज परिस्थिति निर्माण गर्न त्यहाँ अनुकुल नहुने भएपछि फोरम नै अनुकुल लाग्यो र फोरममा प्रवेश गरेको हो ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x