×

NIC ASIA

६ वटा क्यासिनोले बुझाएनन् रोयल्टी, ३१ करोड ६५ लाख रुपैयाँ बक्यौता

काठमाडाैं | जेठ १४, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

६ वटा क्यासिनोले नवीकरण दस्तुर/रोयल्टी तथा थप शुल्क बापत ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको पाइएको छ ।

आइतबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन– २०८१ मा उक्त कुरा उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यासिनो नियमावली, २०७० (चौथो संशोधन २०७६)को नियम १० मा इजाजत दस्तुर आधुनिक मशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा १ करोड रुपैयाँ र क्यासिनोको हकमा २ करोड ५० लाख लाग्ने प्रावधान छ ।


Advertisment
Rupse Holidays
Nabil box

त्यसै गरी नियम १२ र १३ मा इजाजतपत्रको नवीकरण गर्नुपर्ने तथा इजाजत पत्र दस्तुरको ५० प्रतिशतले हुने रकम नवीकरण दस्तुर लाग्ने व्यवस्था छ ।

Vianet communication

आर्थिक वर्ष २०७९/०८० मा ६ क्यासिनोले नवीकरण दस्तुर/रोयल्टी तथा थप शुल्क बापत ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ बुझाउन बाँकी रहेकोमा बक्यौता रकम र सोमा लाग्ने थप शुल्कसहित असुल नगरिएकोमा महालेखा परीक्षक कार्यालयले प्रश्न उठाएको छ ।

क्यासिनो व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि क्यासिनो नियमावली, २०७० कार्यान्वयनमा आएको छ ।

क्यासिनो नियमावली, २०७० को नियम २४(१) मा इजाजत प्राप्त कम्पनीले क्यासिनो स्थलमा खेलाडीले प्रत्येक पटक सटही गरेको विदेशी मुद्राको कारोबार, प्रत्येक पटक खरिद गरेको क्वाइन वा चिप्सको संख्या तथा विवरण, क्यासिनो स्थल छाडी जाँदा फिर्ता गरेको क्वाइन वा चिप्सको संख्या तथा विवरण र सो बापत फिर्ता लगेको विदेशी मुद्राको यथार्थ विवरण खुल्ने गरी अभिलेख व्यवस्थापन गर्नुपर्ने उल्लेख छ  ।

नियम २४(२) मा इजाजत प्राप्त कम्पनीले उपनियम (१) बमोजिम खडा गरेको अभिलेखको प्रतिलिपि प्रत्येक महिना मन्त्रालय र वित्तीय जानकारी एकाइलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

'नियमावलीको व्यवस्थाअनुसार इजाजत प्राप्त कम्पनीले त्यस्तो अभिलेखको प्रतिलिपि प्रत्येक महिना मन्त्रालयमा पेस गरेका छैनन्  ।  नियमावलीको व्यवस्था पालना गर्नुपर्दछ,' महालेखाको प्रतिवेदनमा उल्लेख छ  ।

त्यसै गरी क्यासिनो नियमावली, २०७० को नियम २९(१) मा इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा नियमावलीको व्यवस्था र मन्त्रालयको निर्देशनको पालना गरे नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्ने कामसमेतको लागि मन्त्रालयले एक अनुगमन तथा निरीक्षण समितिको गठन गर्ने व्यवस्था छ ।

उक्त समितिले क्यासिनोको अनुगमन वा निरीक्षण गरेको सात दिनभित्र अनुसूची-६ बमोजिमको ढाँचामा मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेकोमा परिपालना नभएकोमा महालेखाले प्रश्न उठाएको हो  ।

'नियमावलीको व्यवस्था बमोजिम क्यासिनोको अनुगमन गरी प्रतिवेदन दिने र प्रतिवेदनको कार्यान्वयन गर्नुपर्दछ,' प्रतिवेदनमा उल्लेख छ  ।

क्यासिनो नियमावली, २०७० को नियम ३० अनुसार इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोको खुद आयको दुई प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने उल्लेख छ ।' त्यस्ता खर्चको विवरण मन्त्रालयमा पेस गर्नुपर्नेमा त्यस्ता कम्पनीले सामाजिक कार्यमा खर्च गरेको विवरण मन्त्रालयबाट उपलब्ध भएन,' प्रतिवेदनमा उल्लेख छ  ।

त्यसैगरी क्यासिनो नियमावली, २०७० को नियम ३६ मा मन्त्रालयले निर्देशिका बनाई लागू गर्नुपर्ने व्यवस्था रहेकोमा हालसम्म निर्देशिका तयार भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x