
बैंक तथा वित्तीय संस्थापीडितहरूले बुधवार बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।
बैंक तथा वित्तीय संस्थापीडित समन्वय समिति रुपन्देहीको आयोजनामा दिउँसो बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन मिलनचोक, बसपार्क, अस्पताललाइन हुँदै ट्राफिक चौक पुगेर सभामा परिणत भएको छ ।
प्रदर्शनकारीहरूले ‘बैंक तथा वित्तीय संस्थाको ज्यादती बन्द गर’, ‘बैंक तथा वित्तीय संस्थाका दलाल होसियार’, ‘कोरोनाकालको ब्याज मिनाहा गर’जस्ता नारा लगाएका थिए ।
बुटवलमा अहिले प्रचण्ड गर्मी छ । बैंक तथा वित्तीय संस्थापीडित त्यसको पनि प्रवाह नगरीकन प्रदर्शनमा उत्रिएका हुन् ।