०२ साउन २०८३, शनिबार

कुमारी बैंक र पशुपति रिक्रियसन प्रालिबीच सम्झौता

असार ५, २०८१
काठमाडौं
कुमारी बैंक र पशुपति रिक्रियसन प्रालिबीच सम्झौता

कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्रालि (ओपीपीएस)बीच सम्झौता भएको छ ।​

बैंकका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्नका लागि सम्झौता गरिएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले ओपीपीएसमा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ्ग, जिपलाइन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत रिर्चाज गर्दा १० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। 

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

salt training

कमेन्ट गर्नुहोस्