
नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सञ्चालनमा आएको छ ।
आस्था ज्योतिष प्रालिले २०८१ जेठ ४ गतेदेखि आस्था ज्योतिष प्लेटफर्मअन्तर्गत वेबसाइट र एन्ड्रोइड एप सञ्चालनमा ल्याएको हो ।
नेपालका विद्वान ज्योतिषीहरूलाई एउटै प्लेटफर्ममा ल्याउन यो प्लेटफर्मको विकास गरिएको कम्पनीका सञ्चालक पण्डित प्रदीपराज पन्तले जानकारी दिए ।
उनका अनुसार यो प्लेटफर्मबाट सेवाग्राहीले लाइभ अडियो, भिडिओ कल वा च्याटमार्फत विभिन्न ज्योतिषीहरूसँग परामर्श लिन सक्नुहुने छन् परामर्श दर ज्योतिषीहरूको अनुभवअनुसार फरक-फरक जनाइएको छ ।
यो प्लेटफर्ममा नेपालका विद्वान ज्योतिषी ब्राह्मण आबद्ध छन् ।
आस्था ज्योतिष एपमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलसमेत हेर्न सकिनेछ ।
त्यस्तै आफ्नो कुण्डली (चिना) निर्माण, बर-बधूको गुण मिलान, पञ्चाङ्ग आदि सेवा लिन सकिने पण्डित पन्तले जानकारी दिए ।
यसका साथै ज्योतिषी तथा पूजापाठसम्बन्धी सेवा, अनलाइन पूजापाठ का सम्पूर्ण सामानदेखि लिएर रत्न, रुद्राक्ष, माला आदि बुक गर्न सकिनेछ ।
यो एपमा ज्योतिष ब्लग र ज्योतिषीय तथा आध्यात्मिक भिडियो पनि उपलब्ध छ ।
यो प्लेटफर्मलाई नेपाल, भारत लगायतका अन्य देशहरूमा पनि विस्तार गर्ने कम्पनीको योजना रहेको छ । अहिले अङ्ग्रेजी, नेपाली र हिन्दी तीन भाषामा उपलब्ध छ ।
यो एप अहिले गुगल प्ले स्टोरमा Astha Jyotish नाम ले उपलब्ध छ ।
अहिले वेबसाइट र एन्ड्रोइड प्लेटफर्मको रूपमा सार्वजनिक भएको छ र छिट्टै आईओएस भर्सनमा उपलब्ध हुनेछ । https://bit.ly/4eyfYvC याे लिंक खोलेर डाउनलोड गर्न सकिने छ ।