
टी-२० विश्वकपको फाइनल खेल शनिबार राति भारत र दक्षिण अफ्रिकाबीच चलिरहेको छ । बार्बाडोसको किङ्सटन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २ ओभरको खेल सकिँदा २ विकेट गुमाएको छ ।
भारतले जम्मा २३ रन बनाएर खेलिरहेको हो । भारतका लागि रोहित शर्मा ९ रन र रिशव पन्त शुन्य रनमै आउट भएका हुन् ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो । दक्षिण अफ्रिका आज भारतलाई हराएर पहिलो उपाधि जित्दै इतिहास रच्ने रणनीतिमा रहेको छ ।
यता भारतले तेस्रोपटक उपाधि भिडन्त गर्न लागेको हो ।
भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।
भारतले सन् २०१३ पछि आईसीसी ट्रफी जित्न सकेको छैन । २००७ मा भारतले टी–२० विश्वकपको उपाधि जितेको थियो । यसर्थ उ आज टी–२० विश्वकपको दोस्रो उपाधि जित्ने दाउमा रहेको छ ।
दक्षिण अफ्रिका हालसम्म फाइनल पुग्न सकेको थिएन । टेस्ट, एकदिवसीय र टी–२० विश्वकपमा दक्षिण अफ्रिका उपाधि नजिक पुगेको यो पहिलोपटक हो ।