०४ साउन २०८३, सोमबार

विश्वकपको फाइनलमा चम्किए विराट कोहली, दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

असार १५, २०८१
काठमाडौं
विश्वकपको फाइनलमा चम्किए विराट कोहली, दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

आइसीसी टी २० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई जितका लागि १७७ रनको विशाल लक्ष्य दिएको छ । शनिबार बार्बाडोसको किङ्सटन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै रन १७६ बनाएको हो । 

भारतको विशाल लक्ष्य बनाउने क्रममा  विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलको सामना गर्दै टीमका लागि ७६ रनको योगदान दिए । जसमा ६ चौका र २ छक्का समेत समावेश थियो । विश्वकपमा खासै चल्न नसकेका विराटले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि सम्मानजनक स्कोर बनाएका हुन् । 
यस्तै कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने ऋषभ पन्त शून्य रनमा आउट भए । 

यस्तै सूर्यकुमार यादव पनि ३ रन जोडेर आउट हुँदा अक्षर पटेलले ४७ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए ।

यस्तै शिवम दुवेले पनि २७ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए । 

कमेन्ट गर्नुहोस्