०३ साउन २०८३, आइतबार
शेयर बजारमा उत्साह

शेयर बजारले अघिल्लो बुलको रेकर्ड तोड्यो, झण्डै २२ अर्बको कारोबार

साउन १६, २०८१
काठमाडौं
शेयर बजारले अघिल्लो बुलको रेकर्ड तोड्यो, झण्डै २२ अर्बको कारोबार

शेयर बजार परिसूचक नेप्सेमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको छ ।

अघिल्लो बुलमा सबैभन्दा बढी २१ अर्ब ६४ करोडको कारोबार भएकोमा बुधबार २१ अर्ब ९१ करोडको कारोबार भएको छ ।

बुधबार २७९० बिन्दु छोएको नेप्से परिसूचक अन्तिममा ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ ।

१० वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा १९१ कम्पनीका शेयरधनीले कमाएका छन् ।

६४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

बुधबार सबैभन्दा बढी शेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको मात्र ८४ करोड ४९ लाख बराबर शेयर कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्