![हिलाम्मे मैदानमा लडीबुडीबीच होन्डाको टोलीको जीत [तस्वीरहरूसहित]](https://lktcdn2.prixacdn.net/media/church_boys_vs_paro_-main_7dms5UUtg5.jpg)
मंगलवार काठमाडौंकाे दशरथ रंगशालामा एएफसी च्यालेन्ज फूटबल लिग छनोटअन्तर्गत प्लेअफको महत्वपूर्ण खेल भइरहेको थियो । पानी परेका कारण खेल पूरै हिलाम्मे थियो । जहाँ खेलिरहेका थिए– जापानका स्टार खेलाडी कुसुके होन्डाले कप्तानी गरिरहेको भुटानको पारो एफसी र नेपाली लिग विजेता चर्च ब्वाइज युनाइटेड ।
हिलोमा लडीबुडी गर्दै खेलिएको उक्त खेलको नतिजा होन्डाको टोली पारोले आफ्नो पक्षमा पार्यो । चर्च ब्वाइज पारोसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
यो जीतसँगै पारो लिगको समूह चरणमा प्रवेश गरेको छ । चर्च ब्वाइज भने बाहिरिएको छ ।

खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो ।

नेपाली टोली चर्च ब्वाइजले पहिले अग्रता लिएको थियो । तर लगत्तै भुटानी टोलीले गोल गर्दै खेल बराबरीमा ल्यायो ।
खेलको ३८ औँ लाकेन लिम्बूले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पनि नबित्दै भुटानी टोलीले गोल फर्काएको थियो । किंगा वाङ्चुकले ४० औँ मिनेटमा गोल फर्काएका हुन् ।

दोस्रो हाफको ६६ औँ मिनेटमा विलियम ओपोकुले गरेको गोल नै निर्णायक बन्यो ।
एसियाकै स्टार फूटबलर जापानका होन्डासहितको भुटानी टोलीविरुद्ध नेपाली टोलीले उत्कृष्ट खेलेपनि नतिजा आफ्नो पक्षमा भने पार्न सकेन । चर्च ब्वाइजको कप्तानी अनन्त तामाङले गरेका थिए ।
खेल साँझ ६ बजे दशरथ रंगशालामा शुरू भएको थियो । तर केहीबेर अगाडि परेको पानीले मैदानको अवस्था खराब बनाएको हो ।
नेपालका मैदानलाई खराब भनेर चर्चामा आएका होन्डा पनि हिलाम्मे बनेका थिए ।
थप तस्वीरः








