०२ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

समर्थकलाई सम्बोधन गर्दै लामिछानेले भने– पक्राउ गर्न सक्छन्, निर्धक्क हुने अवस्था छैन

असोज ६, २०८१
काठमाडौं
समर्थकलाई सम्बोधन गर्दै लामिछानेले भने– पक्राउ गर्न सक्छन्, निर्धक्क हुने अवस्था छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि सरकारले प्रतिशोध साधेर पक्रने षडयन्त्र गरेको आरोप लगाएका छन् । हरेक पटक अनुसन्धानमा सघाएको भन्दै उनले यस पटक पनि उपस्थित हुन तयार रहेको बताएका हुन् । 

‘मलाइ भरोसा छैन, विरोधीलाई तह लगाउन सरकारले जे पनि गर्न सक्छ’ उनले भने, ‘निर्धक्क हुने अवस्था छैन, विश्वास गर्ने आधार छैन ।’ लामिछानेले सरकार अधिनायकवादी शैलीमा अगाडि बढिरहेको आरोप लगाए ।

पार्टी कार्यालय वनस्थलीमा आइतबार राति १० बजे कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारप्रति आफ्नो भरोसा नरहेको र जतिबेला पनि आफूलाई पक्राउ गर्न सक्ने बताए । ‘सरकारले अन्याय ग-र्यो भने मैले देशभरिका समर्थकलाई अपिल गर्नेछु, रास्वपाका कार्यकर्ता अलर्ट रहनु होला’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्