०५ साउन २०८३, मंगलबार
मन्त्रिपरिषद्को निर्णय

बाढी–पहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

असोज १८, २०८१
काठमाडौं
बाढी–पहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढी तथा पहिरो प्रभावित जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। एक मन्त्रीले आजको बैठकमा बाढी पहिरोबाट भएको क्षतिकै विषयमा केन्द्रित हुँदै सो निर्णय गरेको बताए । 

आजै प्राधिकरणको कार्यकारी समितिले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो । 

जसमा पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनका विभिन्न स्थानीय तह रहेका छन् । 

अघिल्लो साता आएको बाढी पहिरोको घटनामा २३९ जनाको मृत्यु भएको थियो भने व्यापक भौतिक क्षति पनि भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्