०५ साउन २०८३, मंगलबार
सडक भासिएर हैरानी

दाउन्नेमा पटक–पटक सडक अवरुद्ध, दशैँका यात्रुलाई सास्तीमाथि सास्ती

असोज १९, २०८१
बुटवल
दाउन्नेमा पटक–पटक सडक अवरुद्ध, दशैँका यात्रुलाई सास्तीमाथि सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्डमा पटक–पटक सडक भासिँदा दशैँ मनाउन घर फर्किरहेका यात्रुले सास्तीमाथि सास्ती खेप्नु परिरहेको छ । शुक्रवार साँझ बर्दघाट नगरपालिका वडा नम्बर–४ मा पर्ने सडक भासिएर ६ घण्टा रोकिएको थियो । मध्यराति १२ बजे  एकतर्फी खुलेको सडक शनिवार साँझसम्म पनि यसरी नै सञ्चालित छ ।

ठूला मालबाहक सवारीसाधनका कारण सडक दबिएपछि पटक–पटक मर्मत गर्नुपरेको छ । पश्चिमबाट पूर्व जाने गाडीको लाइन सुनवलदेखि बर्दघाटसम्म छ ।

null 

त्यस्तै पूर्वबाट पश्चिम आउने गाडीको लाइन अरुणखोलादेखि दुम्कीबाससम्म १० किलोमिटरसम्मको छ । एकसातादेखि सडकमा राम्रोसँग गाडी पास भइरहेका छैनन् । 

इलाका प्रहरी कार्यालय, बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले सडक पटक–पटक दबिरहँदा गाडी दोहोरो सञ्चालनमा कठिन भइरहेको बताए । ‘मर्मतसँगै शुक्रवारदेखि नै हामीले दुवै तर्फबाट ५०–५० वटा गाडी क्रस गराउँदै आइरहेका छौं,’ उनले भने, ‘पश्चिमबाट पूर्व जाने गाडी बर्दघाटमा रोकेका छौं र पूर्वबाट पश्चिम आउने गाडी दुम्कीबासमा रोकिराखेका छौं ।’ सडक दुईतर्फ सञ्चालन गर्न भने अझै समय लाग्ने बानियाँको भनाइ छ ।

null 

दाउन्ने खण्डमा सडक भासिएपछि सोमवार साँझदेखि बन्द भएको सवारी आवागमन मंगलवार बिहान पौने ९ मा एकतर्फी सञ्चालनमा आएको थियो । अविरल वर्षाका कारण सडकको रिर्टेनिङ वाल भत्काउनका साथै ४०० मिटर जति सडक पनि भासिएको थियो । यसको मर्मतका लागि मंगलवार राति सडक पूर्णरुपमा रोकेर काम गरिएको थियो । तर शनिवार फेरि सडक भासिएको छ ।

null 

सडक भासिँदा विद्युतको हाइटेन्सन टावरसमेत ढलेको छ । मर्मत भएर शनिवार साँझ सञ्चालनमा आए पनि ठूलो पानी परेको अवस्थामा सडक भत्किने अवस्था छ । नारायणगढबाट बुटवल आउँदै गरेका यात्रु दीपेन्द्र सिजापतिले लामो समय गाडी जाममा फस्दा ठूलो समस्या भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्